गृहपृष्ठ भैरहवामा कृषि उद्योगी–व्यवसायीसँग मन्त्री चौधरीको छलफल, समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता

भैरहवामा कृषि उद्योगी–व्यवसायीसँग मन्त्री चौधरीको छलफल, समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता


असाेज १७,२०८३
कल्पना घिमिरे

भैरहवा । भैरहवास्थित NARC कार्यालयमा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र कृषि उद्योगी–व्यवसायीबीच कृषि क्षेत्रको विकास, औद्योगिकीकरण तथा निजी क्षेत्रले भोग्दै आएका समस्या र चुनौतीबारे छलफल भएको छ।
छलफलमा उद्योगी–व्यवसायीले कृषि उत्पादनको व्यावसायीकरण, कृषि उपजको प्रशोधन तथा बजारीकरण, स्वदेशी उत्पादनको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा कृषि उद्योगको विकासका लागि आवश्यक नीतिगत सुधारका विषयमा आफ्ना सुझाव र समस्या प्रस्तुत गरेका थिए।
उद्योगी–व्यवसायीका समस्या र सुझाव सुन्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई उत्पादनमुखी, आत्मनिर्भर र औद्योगिक रूपमा सक्षम बनाउन सरकार, किसान र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले कृषि उत्पादनलाई उद्योगसँग जोड्दै मूल्य अभिवृद्धि, रोजगारी सिर्जना र स्वदेशी उत्पादनको बजार विस्तारमा कृषि उद्योगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। उद्योगी–व्यवसायीले उठाएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
मन्त्री चौधरीले कृषि उद्योगको विकासमार्फत किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु