गृहपृष्ठ रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीबाट सारिँदै, नयाँ जग्गा/घर खोज्न आह्वान

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीबाट सारिँदै, नयाँ जग्गा/घर खोज्न आह्वान


असाेज १७,२०८३
बुटवल टाइम्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्ने तयारी थालेको छ।
शनिबार बसेको केन्द्रीय समिति बैठकले काठमाडौं उपत्यकामा पायक पर्ने स्थानमा पार्टीको केन्द्रीय कार्यालयका लागि जग्गा वा घर खोजी गर्न पार्टी सदस्य तथा शुभेच्छुकलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
बैठकले हाल वनस्थलीमा रहेको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै नयाँ कार्यालयका लागि उपयुक्त स्थान खोजी गर्न अनुरोध गरेको हो।
हाल रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंको वनस्थलीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु