गृहपृष्ठ दाउन्नेमा बस पल्टिँदा ६ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा बस पल्टिँदा ६ जनाको मृत्यु, ११ घाइते


असाेज १७,२०८३

बुटवल टाइम्स

नवलपरासी — दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने ११ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस बिहान पौने ४ बजे दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको हो। बसमा १७ जना यात्रु सवार थिए।
इलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार दुर्घटनामा परेका सबैको उद्धार भइसकेको छ। दुर्घटनामा परेको बसलाई क्रेनको सहायताले सडकबाट हटाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु