गृहपृष्ठ संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
Oplus_16908288
असाेज ६ , २०८३
बुटवल टाइम्स
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्।
उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत न्युयोर्क जाने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन्।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्नेछन्। उनले सम्बोधनका क्रममा नेपालको समसामयिक प्राथमिकता तथा अन्तर्राष्ट्रिय चासोका विषयमा धारणा राख्ने कार्यक्रम छ।
प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितका अधिकारीसमेत सहभागी हुनेछन्।

















