गृहपृष्ठ महेश बस्नेतको दाबी : प्रतिवेदन तयार भयो, अध्यक्षको राजीनामा नमाग्ने सहमति जुट्यो

महेश बस्नेतको दाबी : प्रतिवेदन तयार भयो, अध्यक्षको राजीनामा नमाग्ने सहमति जुट्यो


असाेज ४, २०८३

बुटवल टाइम्स

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठन कार्यदलले अध्यक्षको राजीनामा माग्ने वा अध्यक्षलाई हटाउने विषय अब नउठाउने सहमति गरेको सचिव महेश बस्नेतले बताएका छन् ।

शनिबार पार्टी कार्यालयमा बसेको कार्यदलको बैठकले विभिन्न समूहबाट आएका प्रस्ताव र सुझावलाई समेटेर एकीकृत प्रतिवेदन तयार गरेको उनले जानकारी दिए । उक्त प्रतिवेदन पार्टी सचिवालय बैठकमा पेस गरी आइतबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले कार्यदलको बल्थली बैठकपछि आएका मस्यौदा प्रस्ताव तथा सदस्यहरूले दिएका सुझावलाई समेटेर तीन जना नेताको जिम्मेवारीमा एकीकृत प्रतिवेदन तयार गरिएको बताए ।

उनका अनुसार प्रतिवेदनमा अध्यक्षको राजीनामा माग्ने, अध्यक्षलाई हटाउने वा अध्यक्षको आलोचना गर्ने विषय समावेश नगरिने सहमति भएको छ ।

बस्नेतले अध्यक्षको राजीनामा माग्ने वा हटाउने विषयबारे भइरहेका चर्चा भ्रामक रहेको दाबी गरे । उनका अनुसार अब पार्टीभित्र त्यस्तो विषय नउठाउने सहमति कार्यदलमा भएको छ ।

यस्तै, राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक पार्टीको एकता प्रदर्शन गर्नेगरी बोलाउने सहमति भएको उनले बताए । वर्तमान सरकारको ‘अधिनायकवादी, प्रतिशोधपूर्ण, निरङ्कुश तथा जनविरोधी’ शैलीविरुद्ध सशक्त आन्दोलन गर्ने विषयमा पनि कार्यदलमा सहमति भएको बस्नेतको भनाइ छ ।

विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन तत्काल बोलाउने विषयमा भने सहमति नभएको उनले बताए । नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको विषय स्वाभाविक रूपमा आउने भन्दै उनले विगतका निर्णयबारे विधान महाधिवेशनमा छलफल गरी निष्कर्षमा पुग्न सकिने बताए ।

कार्यदलको प्रतिवेदनमा विभिन्न १३ समूहबाट आएका सुझाव

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु