गृहपृष्ठ सहकारीको दुई अर्ब हिनामिना आरोप लागेका तामाङ बने बागमतीका मन्त्री

सहकारीको दुई अर्ब हिनामिना आरोप लागेका तामाङ बने बागमतीका मन्त्री

Oplus_16908288

भदौ ४,२०८३

बुटवल टाइम्स

काठमाडौ – सहकारीको दुई अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा मुछिएका ज्ञानबहादुर तामाङ बागमती प्रदेशको मन्त्री बनेका छन्।
नेकपा एमालेले तामाङलाई मन्त्री बनाएको हो। नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले उनलाई बिहीबार विनाविभागीय मन्त्री नियुक्त गरेका हुन्। तामाङले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।
तामाङ नेसनल नमोबुद्ध सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका व्यक्ति हुन्। उक्त सहकारीलाई बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक वर्षअघि समस्याग्रस्त घोषणा गरेको थियो। तामाङ सहकारीका पूर्वअध्यक्ष तथा सञ्चालक हुन्।
प्रारम्भिक अनुसन्धानअनुसार नमोबुद्ध सहकारीले करिब ११ हजार बचतकर्ताको एक अर्ब ५२ करोड रुपैयाँ फिर्ता गर्न नसकेको देखिएको छ। सहकारीले स्थापनाको करिब डेढ दशकमा बचतकर्ताबाट दुई अर्ब रुपैयाँभन्दा बढी रकम संकलन गरेको थियो।
समस्याग्रस्त घोषणा भएपछि सहकारीको सामाखुसीस्थित कार्यालयमा समेत ताला लागेको छ। बचतकर्ताको रकम संकटमा परेका बेला सहकारीका सञ्चालक तामाङ प्रदेश मन्त्री बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु