गृहपृष्ठ सरकारमा ३३% महिला सहभागिता , पाँच महिला मन्त्री नियुक्त
सरकारमा ३३% महिला सहभागिता , पाँच महिला मन्त्री नियुक्त
चैत १३ , २०८२
बुटवल टाइम्स
काठमाडौँ — बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री नियुक्त भएका छन्। यससँगै नेपालको संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिता सरकारमा पूरा भएको छ।
नवनियुक्त महिला मन्त्रीहरूमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका रूपमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र कृषि तथा पशुपन्छी विकास मन्त्रीमा गीता चौधरी रहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आयोजित एक समारोहबीच नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्री शाहलाई शपथ गराएलगत्तै अन्य मन्त्रीहरूलाई पनि शपथ गराइएको थियो।










