गृहपृष्ठ प्रधानमन्त्रीको मौनताले राजनीतिक विवाद चर्किँदै, समाधानको बाटो के?

प्रधानमन्त्रीको मौनताले राजनीतिक विवाद चर्किँदै, समाधानको बाटो के?


काठमाडौँ । विपक्षी दलहरूसँग सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बिहान ११ बजेका लागि निर्धारण गरिएको बैठकको समय एक बजे सूचना टाँसेर सवा एक बजेसम्म सारिएको थियो। तर, सहमति कायम हुन नसकेपछि पुनः आइतबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो।

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै बुधबारदेखि निरन्तर रूपमा प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्।

घिसिङलाई हटाएको निर्णयविरुद्ध नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरूले सदन अवरुद्ध गरेका छन्।

प्रधानमन्त्री ओलीले भने सदनमा जवाफ नदिने बताएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध जारी राख्ने चेतावनी दिएका छन्। पटक–पटक भएका छलफलहरूमा दुवै पक्ष अडानबाट पछि नहट्दा समस्या समाधान हुन सकेको छैन।

सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक बिहान ११ बजे बोलाए पनि दुवै पक्ष अडानमै रहिरहेकाले बैठक पुनः सूचना टाँसेर स्थगित गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु