गृहपृष्ठ दुई महिनामा यूएईमा ५१ नेपालीको मृत्यु
दुई महिनामा यूएईमा ५१ नेपालीको मृत्यु
आश्विन ७, २०८२
काठमाडौं — खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)मा पछिल्ला दुई महिनामा ५१ जना नेपालीको मृत्यु भएको छ।
यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा ३२ र भदौ महिनामा १९ गरी दुई महिनामा ५१ जनाले ज्यान गुमाएका हुन्।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा भने ६२ जना नेपालीको मृत्यु भएको थियो। सो आर्थिक वर्षभरि ३१२ जनाले ज्यान गुमाएका थिए, जसको औसत मासिक दर २६ थियो।
त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने २३१ जना नेपालीले जीवन गुमाएका थिए।
दूतावासका अनुसार, सडक दुर्घटना, कार्यस्थल दुर्घटना र स्वास्थ्य समस्या मुख्य कारणका रूपमा देखिएका छन्।










