गृहपृष्ठ चुच्चेपाटीको भाटभटेनीमा ६ वटा जलेका शव भेटियो
चुच्चेपाटीको भाटभटेनीमा ६ वटा जलेका शव भेटियो
भाद्र २९, २०८२
काठमाडौं — राजधानीको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार भेटिएका शवहरू अत्यधिक जलेको कारण पहिचान गर्न नसकिने अवस्थामा छन्। उनले भने, “डीएनए परीक्षणपछि मात्रै शवको वास्तविक पहिचान सम्भव हुनेछ।”
२३ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा काठमाडौंसहित विभिन्न स्थानमा प्रहरीको गोली लागी २१ जनाको मृत्यु भएको थियो। सोही घटनापछि आन्दोलन थप उग्र बन्दै २४ भदौमा देशभर तोडफोड र आगजनी भएको थियो। त्यसकै क्रममा भाटभटेनीमा पनि आगजनी भएको बताइएको छ। हालसम्म जेन–जी आन्दोलनका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको प्रहरी तथ्याङ्कले देखाएको छ।








