गृहपृष्ठ जेनजीमाथि दमनले प्रशासनको निरंकुश छवि उजागर गरेको सर्वोच्च बारको टिप्पणी
जेनजीमाथि दमनले प्रशासनको निरंकुश छवि उजागर गरेको सर्वोच्च बारको टिप्पणी
भाद्र २३, २०८२
सर्वोच्च अदालत बार एसोसिएसनले जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको प्रहरी दमनप्रति कडा आपत्ति जनाएको छ।
सचिव रमणकुमार कर्णद्वारा जारी विज्ञप्तिमा आन्दोलनमाथि भएको शक्तिप्रयोगले राज्य प्रशासनको निरंकुश छवि उजागर भएको टिप्पणी गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्तिप्रयोग र सुरक्षाकर्मीले चलाएको गोलीका कारण प्रदर्शनकारी घाइते भएका छन् भने सार्वभौम नागरिकको मृत्यु समेत भएकोप्रति यस बारको गम्भीर ध्यानाकर्षण भएको छ।”
बारले विरोध प्रदर्शन गर्नु प्रत्येक नागरिकको सार्वभौम अधिकार भएको उल्लेख गर्दै सरकारलाई संयमता, मर्यादा र जिम्मेवारीपूर्वक प्रस्तुत हुन आग्रह गरेको छ।









