गृहपृष्ठ एसईई नतिजा सार्वजनिक: ४८ हजार बढीले ३.६ भन्दा माथिको जीपीए 

एसईई नतिजा सार्वजनिक: ४८ हजार बढीले ३.६ भन्दा माथिको जीपीए 


 

१३ असार, काठमाडौं —
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४८ हजारभन्दा बढी विद्यार्थीले ३.६ देखि ४.० जीपीएबीचको उत्कृष्ट नतिजा ल्याएका छन्।

शुक्रबार सार्वजनिक नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० जीपीएसम्म प्राप्त गरेका हुन्।

यसपटकको एसईई परिणाम अघिल्ला वर्षहरूभन्दा सुधारिएको देखिएको छ। गत वर्ष ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए भने यो वर्ष उक्त संख्या बढेर ६१.८१ प्रतिशत पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु