गृहपृष्ठ अहमदाबादमा एयर इन्डियाको बी७८७–ड्रिमलाइनर दुर्घटना, २४२ यात्रु सवार २९ जेठ, काठमाडौं।
अहमदाबादमा एयर इन्डियाको बी७८७–ड्रिमलाइनर दुर्घटना, २४२ यात्रु सवार २९ जेठ, काठमाडौं।
२९ जेठ, काठमाडौं।
अमेरिकी विमान निर्माता कम्पनी बोइङद्वारा निर्माण गरिएको ‘बी७८७–ड्रिमलाइनर’ विमान दुर्घटनामा परेको छ। ‘भीटी–एएनबी’ दर्ता नम्बरको उक्त विमानले सन् २०१३ डिसेम्बर १४ मा पहिलो सफल परीक्षण उडान गरेको थियो भने २०१४ जनवरीमा बोइङले एयर इन्डियालाई हस्तान्तरण गरेको थियो।
एयर इन्डियाको यो विमान शुक्रबार बिहान अहमदाबाद विमानस्थलबाट उडान भरेको केही क्षणमै दुर्घटनामा परेको हो। समुद्री सतहबाट २०० फिट उचाइमा रहेको अहमदाबाद विमानस्थलबाट उडान भरेको उक्त जहाज ६२५ फिट उचाइमा पुग्नेबित्तिकै झरेको प्रारम्भिक रिपोर्टहरूमा उल्लेख गरिएको छ।
विमान खस्दा प्रति मिनेट ४७५ फिटको दरले तल झरेको थियो। उडान भरेको एक मिनेट नपुग्दै विमान दुर्घटनाग्रस्त भएको बताइएको छ।
प्रधानमन्त्री मोदी र उड्डयन मन्त्रीबीच टेलिफोन संवाद
२४२ यात्रु सवार उक्त विमान दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक उड्डयन मन्त्री रममोहन नायडूसँग टेलिफोन संवाद गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार मोदीले तत्काल उद्धार र राहतकार्यलाई तीव्र गर्न निर्देशन दिएका छन्। उनले सबै सरोकारवाला निकायहरूलाई उच्च सतर्कतामा रहन र उद्धार कार्य समन्वयका साथ सञ्चालन गर्न आग्रह गरेका छन्।
इन्डिया टुडेले उल्लेख गरेअनुसार मन्त्री नायडु अहिले घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन् र उद्धार तथा राहत कार्यको निरीक्षण गर्ने तयारीमा छन्।
दुर्घटनापछि अहमदाबाद विमानस्थलको सम्पूर्ण उडान सेवा अस्थायी रूपमा स्थगित गरिएको छ। उद्धार टोली घटनास्थलमा परिचालित गरिएको छ र नियमित अपडेट सार्वजनिक गरिने अधिकारीहरूले जनाएका छन्।









