गृहपृष्ठ चालु वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्ने अनुमान

चालु वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्ने अनुमान


काठमाडौँ — सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उक्त अनुमान सार्वजनिक गरेका हुन्।

अर्थ मन्त्रालयका अनुसार, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत रहनेछ भने उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अपेक्षा गरिएको छ।

त्यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय आय (GNI) बढेर १,५१७ अमेरिकी डलर पुगेको सरकारको दाबी छ। औसत उपभोक्ता मुद्रास्फीति भने ४.७२ प्रतिशत रहेको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु