गृहपृष्ठ प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने


काठमाडौँ, जेठ ६ —
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।

संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ अनुसार सांसदहरूले गरेका प्रश्नहरूको उत्तर दिने कार्यसूची तय गरिएको छ।

त्यसैगरी, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ संसद्मा पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

बैठकमा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु