गृहपृष्ठ प्रधानमन्त्री ओली : हिमाल जोगाउनु भनेको मानवता जोगाउनु हो

प्रधानमन्त्री ओली : हिमाल जोगाउनु भनेको मानवता जोगाउनु हो


२०८२ जेठ २ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल संरक्षणलाई पृथ्वी, महासागर र सम्पूर्ण मानवताको रक्षासँग जोडिएको यथार्थका रूपमा व्याख्या गर्दै, यिनै दृष्टिकोणका आधारमा ‘सगरमाथा संवाद’को आयोजना गरिएको बताएका छन्।

नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादको उद्घाटन सत्रमा आज बोल्दै प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट सुरु भएको यो संवाद इमानदार अन्तरक्रिया, आपसी ज्ञान साटासाट र सामूहिक प्रयासको प्रतीक भएको बताए।

“हामी आशा गर्छौं कि यो संवाद पनि सगरमाथा जस्तै उच्च बनोस् — नैतिक स्पष्टता, बौद्धिक साहस र सुन्दर भविष्य निर्माणको अटल साझा दृष्टिकोणमा आधारित संवाद बनोस्,” प्रधानमन्त्री ओलीले भने।

उनले जलवायु परिवर्तनको प्रमुख कारणका रूपमा चिनिएका हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून रहेको भए पनि वातावरण संरक्षणमा देशको भूमिका उल्लेखनीय रहेको स्पष्ट पारे। “तर असर हामीले नै धेरै भोगिरहेका छौँ,” उनले थपे, “पहिरोले घरबास बगाइरहेका छन्, अकस्मात बाढी र खडेरीले जनजीवन प्रभावित भइरहेको छ। यस्ता चुनौतीका बाबजुद पनि हामी दृढताका साथ सामना गरिरहेका छौँ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु