गृहपृष्ठ पश्चिम कालिकानगर खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाद्वारा ११३० घरधुरीलाई  शुद्ध पानी वितरण 

पश्चिम कालिकानगर खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाद्वारा ११३० घरधुरीलाई  शुद्ध पानी वितरण 


 

कल्पना घिमिरे

बुटवल   । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मा रहेको पश्चिम कालिकानगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ११३० घर धुरीलाइ नियमित रूपमा स्वच्छ , स्वस्थ  पानी वितरण गर्दै आएकाे यस संस्थाका अध्यक्ष पारसमणि भण्डारीले बताउनु भयाे ।
२०६० सालमा केही स्थानीय उपभोक्ताको पहलमा ट्युवेल प्रविधिबाट सुरू गरिएको आयोजना अहिले पूर्वमा सिद्धार्थ राजमार्ग, पश्चिममा छत्तीस कुलो, उत्तरमा शिवालय मन्दिर र दक्षिणमा योगीकुटी सम्म फैलिएको छ  । उनले भने सानो समूहबाट सुरू भएको यो आयोजनाले अहिले ११३० घरधुरीलाई  प्रशस्त पानी वितरण गर्न सफल भएको छ ।  घरकाे तीन तला सम्म  मटर नलगाइ पानी सहजै जाने गरेकाे स्थानीय उपभाेक्ता प्रकाश खनाल  विगत १० वषदेखि कालिकानगरमा बसाेबास गर्दै आउनु भएकाे खनालले भन्नुभयाे ।  याे पानी पिउन थालेकाे ९ वर्ष भयाे अहिलेसम्म धाराेमा धमिलाे पानी आउने गरेकाे थाहा पाइएकाे छैन । यसै सन्दर्भमा हामीले अध्यक्षसँग   पानीकाे ल्यावटेस्ट गर्नु भएकाे छ ? भनेर प्रश्न गर्दा

उहाले भन्नुभयो वर्षा याममा देखिने धमिलो पानीको समस्या समाधान गर्न ‘क्लोरिन डाइरेक्ट पम्प’ प्रविधिबाट शुद्धीकरण गरिएकाे छ तर  हामीकहाँ ल्याव नभएकाेले अन्तै संस्थामा लगेर ल्यावटेस्ट गर्ने गरेका छाै आउने दिनमा ल्याव राख्ने विषयमा  पनि पहल गरिरहेकाे उहाले बताउनुभयो ।  यद्यपि अझै आधुनिक शुद्धीकरण प्रविधि भित्र्याउनुपर्ने आवश्यकता भएकाे कुरा भण्डारीले स्वीकार गर्नु भएकोछ । हाललाइ समय तालिका निर्धारण गरि पानी वितरण गरिएकाे छ  बिहान ५:०० देखि ९:०० बजेसम्म साँझ ५:०० देखि ९:०० बजेसम्म र दिउँसो एक घण्टा थप पानी प्रवाह गरिएकाे साेहि कार्यालयका व्यवस्थापकले बताउनु भयो। आयोजना हाल ३० प्रतिशत सञ्चालन खर्च उपभोक्ताबाट र बाँकी ७० प्रतिशत सरकारबाट व्यहोर्ने मोडलमा संचालित छ। सुरूवाती चरणमा उपभोक्ताबाट प्रति घरधुरी १५ हजार रुपैयाँ धारा जडान शुल्क लिइएको कुरा समेत अध्यक्षले जानकारी गराउनु भयो।
। त्यसैगरी, प्रारम्भिक ट्यांकी निर्माणमा सहयोग स्वरूप प्रति घरधुरी २५ हजार रुपैयाँ योगदान गरिएको थियो। ती मध्ये २० हजार रुपैयाँ उपभोक्तालाई फिर्ता भइसकेको छ भने बाँकी ५ हजार रुपैयाँ पानी महसुलको खाताबाट कटौती गरिएको  बताइएकाे छ। हालसम्म आयोजनाले १०९६ घरमा धारा जडान गरिसकेको छ। न्यूनतम शुल्क १० युनिट (१०,००० लिटर) को लागि ११० रुपैयाँ राखिएको छ। आगामी  वर्ष देखि  प्रति युनिट शुल्क २० रुपैयाँबाट घटाएर १५ रुपैयाँ बनाउने निर्णय गरेकाे  छ। साथै महशुल तिर्ने मितिको ७ दिनभित्र तिर्ने उपभोक्तालाई ५ प्रतिशत छुट दिने व्यवस्था समेत कायम गरिएको छ।आयोजनाले अब प्रयोगमा ल्याएको प्रविधिहरूमा स्मार्ट मिटर प्रणाली, अनलाइन बिलिङ सेवा, हाइड्रोलिक म्यापिङ जस्ता उपायहरू रहेका छन्। यसले सेवालाई पारदर्शी, प्रभावकारी र उपभोक्ता–मैत्री बनाउने विश्वास गरिएकाे खानेपानी आपूर्तिका लागि आयोजनासँग ४ लाख ५० हजार लिटर क्षमताका दुईवटा भण्डारण ट्यांकी छन्। साथै, २५ एचपी क्षमताका दुई बोरीन पम्प प्रयोग गरी एकैपटक वितरण गरिन्छ। यस्तो संयन्त्रले  तीन तला सम्मका घर धुरी समेतले सेवा पाइरहेका छन्। सस्थाले सरसफाईमा पनि विशेष ध्यान दिएको छ। प्रत्येक हप्ता उपभोक्ता टोलका अध्यक्षसँग अन्तरक्रिया गर्दै नाली  तथा सडक सफा गर्ने अभियान सञ्चालन गरिएको छ। तीन जना स्थायी सरसफाई कर्मचारीले नियमित काम गरिरहेका छन्। खानेपानीको धारा भाचिएमा , बिग्रेमा र पाइप फुटेमा उपभाेक्ताको घरमा आएर बनाइदिने गरेको छ । दुई महिना अगाडी मेरो घरको धारा भाचिएको थियो अफिसमा निवेदन दिइ फाराम भरेपछि खानेपानीबाट कर्मचारी आएर बनाइदिएको लालीगुराँस पथ निवासी अशोक थापाले बताउनु भयो ।

ललितपुर स्थित राष्ट्रिय सरसफाई प्रतिष्ठानले आयोजना अवलोकन गरी “स्थानीय तहको उत्कृष्ट खानेपानी तथा सरसफाई संयोजन” को रुपमा प्रशंसा गरिसकेकाे भूगर्भीय जल पुनःभरण प्रविधि अपनाउँदै घरघरमा वर्षा पानी संकलन गरिएको छ। साथै, किचन गार्डेनको प्रवर्द्धन मार्फत वातावरण मैत्री अभ्यासलाई प्रोत्साहन गरिएको छ।

शिवालय मन्दिर जस्ता सार्वजनिक संस्थालाई न्यूनतम शुल्कमा सेवा दिइएको छ। सेवा पहुँचका हिसाबले आयोजनाले समावेशी नीति अवलम्बन गर्दै आएको छ। संस्थागत सुधार, वार्षिक सामाजिक लेखापरीक्षण, मासिक समीक्षा, गुनासो सुन्ने संयन्त्र जस्ता उपाय मार्फत पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिएको |

प्रमुख समस्या स्थलगत निरीक्षण मार्फत समिति सदस्यले मासिक समीक्षा सामान्य गुनासो फोनबाटै समाधान गर्ने व्यवस्था गरिएको छ ।

निष्कर्ष: अन्य स्थानका लागि अनुकरणीय मोडल कालिकानगर खानेपानी आयोजना केवल पानी वितरण गर्ने संस्था होइन, यो सामाजिक उत्तरदायित्व, प्रविधिको प्रयोग, वातावरणीय संरक्षण र पारदर्शिताको मिसाल हो। सरकार र समुदायबीचको साझेदारीमा आधारित यस्तो मोडलले प्रदेश र देशभरका खानेपानी आयोजना सञ्चालकहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु