गृहपृष्ठ विवाहको पाँच महिनामै सम्झना भट्टको मृत्यु, माइतीपक्षको दाइजो र यातनाको दाबी

विवाहको पाँच महिनामै सम्झना भट्टको मृत्यु, माइतीपक्षको दाइजो र यातनाको दाबी


कञ्चनपुर — कञ्चनपुरकी १८ वर्षीया सम्झना भट्ट आइतबार (साउन १८) आफ्नै घरमा मृत फेला परेकी छन्। फागुनमा बेलडाँडी–२, सिहपालटोलका पवन भट्टसँग विवाह गरेकी सम्झनाको मृत्युले उनका आफन्त मात्र होइन, गाउँ नै स्तब्ध बनेको छ। 

सम्झना आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। तर, उनका आमाबुवाले घटनालाई आत्महत्या मात्र नभई पारिवारिक यातना र दाइजोको दबाबसँग जोडेर अस्वाभाविक मृत्युको रूपमा लिएका छन्। घटनापछि सम्झनाका श्रीमान पवन भट्ट, सासू–ससुरा र दिदी–सासूलाई प्रहरीले पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएको छ।

सम्झनाका माइतीपक्षका अनुसार विवाहपश्चात पवन र उनको परिवारले निरन्तर शारीरिक तथा मानसिक यातना दिँदै दाइजोको निहुँमा अपमान गर्ने गर्थे। उनीहरूका भनाइमा, त्यही दबाब र तनावकै कारण सम्झनाको जीवन पाँच महिनामै अन्त्य भयो।

प्रहरीका अनुसार, मृत फेला पर्नुभन्दा केही घण्टा अघि मात्र सम्झना इलाका प्रहरी कार्यालय बेलडाँडी पुगेकी थिइन्। त्यहाँ श्रीमान–श्रीमतीबीचको विवादका विषयमा सामान्य छलफल गराएर फर्काइए पनि, घर फर्किएको केही समयमै उनको शव झुन्डिएको अवस्थामा भेटिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु