गृहपृष्ठ न्यायालयको डिजिटल युग : सर्वोच्च अदालतले अनलाइन प्रणाली सुरु गर्‍यो

न्यायालयको डिजिटल युग : सर्वोच्च अदालतले अनलाइन प्रणाली सुरु गर्‍यो


चैत  १२    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालत कागजविहीन (पेपरलेस) प्रणालीमा प्रवेश गरिसकेको बताएका छन्।

मंगलबार, सर्वोच्च अदालतबाट देशभरका सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई अनलाइनमार्फत पेशी सूचना पठाउने प्रणालीको शुभारम्भ गर्दै उनले न्यायालयको डिजिटल परिवर्तन आवश्यक रहेको उल्लेख गरे।

उनले वकील, न्यायाधीश, कानुन व्यवसायी सबै पक्षलाई प्रविधि-आधारित अदालतका लागि तयार हुन आग्रह गरे।

“हामीले पेपरलेस अदालतको यात्रा सुरु गरिसकेका छौँ। तर, यसका लागि कानुन व्यवसायी, सरकारी वकिल, न्यायाधीश तथा अदालतका सबै कर्मचारी तयार भएका छौँ त?” – प्रधानन्यायाधीश राउत

उनका अनुसार, यदि अब ढिलो गरियो भने न्यायिक सुधार असम्भव हुनेछ।

“अब पनि ढिलाइ गरियो भने सुधार सम्भव हुँदैन। हामीले प्रविधिमार्फत न्यायिक सुधार गर्नैपर्छ,” उनले जोड दिए।

प्रविधिको प्रयोगले न्यायालयलाई दिगो, पारदर्शी र प्रभावकारी बनाउने बताउँदै उनले अनियमितता, विकृति र विसंगति न्यूनीकरण गर्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु