गृहपृष्ठ त्रिशूली नदीमा ट्रक खस्यो, चालकको मृत्यु
त्रिशूली नदीमा ट्रक खस्यो, चालकको मृत्यु
त्रिशूली नदीमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते
चितवन, चैत १२ – मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडी प्रहरी चौकी नजिक कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ।
आज बिहान ६:३० बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक अनियन्त्रित भई नदीमा खसेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परेर चालक ३०/३५ वर्षीय रामनारायण यादवको घटनास्थलमै मृत्यु भएको छ।
सहचालक राैतहटका असुन्द्रकुमार यादव घाइते भएका छन् र भरतपुरको नयाँ मेडिकल कलेजमा उनको उपचार भइरहेको छ।
प्रहरीले ट्रक नदीबाट निकाल्ने प्रयास जारी रहेको जनाएको छ।








