गृहपृष्ठ गहिरो आर्थिक सङ्कटमा पाकिस्तान, मन्त्रीहरूको तलबमा भारी वृद्धि
गहिरो आर्थिक सङ्कटमा पाकिस्तान, मन्त्रीहरूको तलबमा भारी वृद्धि
आर्थिक सङ्कट चर्किँदा पाकिस्तानी मन्त्रीहरूको तलबमा भारी वृद्धि
पाकिस्तानमा अर्थतन्त्र गहिरो सङ्कटमा परेको बेला मन्त्री तथा सल्लाहकारहरूको तलबमा ठूलो वृद्धि गरिएको छ।
महँगी, बेरोजगारी र करको भारले जनता संघर्ष गरिरहेका बेला सरकारले मन्त्रीहरूलाई प्रति महिना ५ लाख १९ हजार पाकिस्तानी रुपैयाँ दिने निर्णय गरेको हो।
प्रधानमन्त्री शाहबाज शरीफले केही समयअघि जनतालाई खर्चमा मितव्ययी बन्न आह्वान गरेका थिए। तर, मन्त्रीहरूको तलब वृद्धिले सरकारको प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएको छ।
दुई महिनाअघि सांसद तथा सिनेटरहरूको तलब वृद्धि भइसकेको थियो। अब प्रधानमन्त्री शरीफले मन्त्रिपरिषद्को सदस्य संख्या ५१ पुर्याएपछि सरकारी खर्च थप बढ्ने अनुमान गरिएको छ।
आर्थिक सङ्कट गहिरिँदै गएको बेला मन्त्रीहरूका लागि पारिश्रमिक वृद्धिको निर्णयलाई जनताले असन्तोषपूर्वक हेरिरहेका छन्।








