गृहपृष्ठ कुलमान घिसिङको बर्खास्तीविरुद्ध माइतीघरमा प्रदर्शन

कुलमान घिसिङको बर्खास्तीविरुद्ध माइतीघरमा प्रदर्शन


१२ चैत, काठमाडौंनेपाल  विद्युत्   प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विरोधमा स्वतन्त्र नागरिकहरूको तर्फबाट युवाहरूले प्रदर्शन गरेका छन्।

आज मंगलबार काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले विरोध प्रदर्शन गरेका हुन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयको सत्तारुढ दलकै केही नेताहरूले पनि विरोध जनाएका छन्।

घिसिङलाई बर्खास्त गर्ने निर्णय लगत्तै मंगलबार बिहानैदेखि रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता, अति भयो अब त’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ जस्ता नाराहरू लगाउँदै विरोध जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु