गृहपृष्ठ गाजामा सत्ता परिवर्तनको माग, हमास मौन

गाजामा सत्ता परिवर्तनको माग, हमास मौन


रफाह । गाजामा मंगलबार हमासविरुद्ध ठूलो प्रदर्शन भएको छ। उत्तरी गाजाको बेइत लाहिया मा सयौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए। इजरायल-गाजा युद्ध सुरु भएयता हमासविरुद्ध यति ठूलो प्रदर्शन पहिलो पटक भएको बताइएको छ। प्रदर्शनकारीहरूले हमासले सत्ता त्याग्नुपर्ने माग गरेका छन्।

प्रदर्शनलाई रोक्न नकाबधारी हमास लडाकुहरू बल प्रयोग गर्दै तितरबितर पार्न प्रयास गरे। केही लडाकुहरू हतियारसहित उपस्थित भएका थिए भने प्रदर्शनकारीहरूलाई कुटपिट गरेको रिपोर्ट आएको छ।

सामाजिक सञ्जालमा विरोध प्रदर्शनका भिडियोहरू भाइरल भइरहेका छन्। प्रदर्शनकारीहरू “हमास बाहिर जाओ” भन्ने नारा लगाउँदै सडकमा उत्रिएका थिए। तर, हमास समर्थक समूहहरूले यसलाई सामान्य प्रदर्शन भनेका छन्। उनीहरूले विरोधमा सहभागीहरूलाई देशद्रोही को संज्ञा दिएका छन्।

हालसम्म हमासको तर्फबाट औपचारिक प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु