गृहपृष्ठ राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित विधेयक संसद्मा पेस गरिँदै

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित विधेयक संसद्मा पेस गरिँदै


काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ।

प्रतिनिधिसभामा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गरिनेछ। साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया ले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओली ले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा छलफलका लागि पेश गर्नेछन्।

साथै, उनले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु