गृहपृष्ठ ६ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा संलग्न चार जना पक्राउ

६ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा संलग्न चार जना पक्राउ


३० साउन, काठमाडौं

अवैध रूपमा ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–३ का २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र त्यहीँका ३३ वर्षीय मुन्ना जयसवाल रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपील राज बोहराका अनुसार उनीहरूलाई काठमाडौंको कालोपुल क्षेत्रबाट पक्राउ गरिएको हो। प्रहरीले उनीहरूको साथबाट १५ लाख ३३ हजार नगद बरामद गरेको छ।

एसपी बोहराका अनुसार अनुसन्धान क्रममा उनीहरूले ६ करोड ६ लाख ६३ हजार ६८७ रुपैयाँ बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको प्रमाण भेटिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु