गृहपृष्ठ बलात्कारको आरोपमा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ

बलात्कारको आरोपमा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ


चैत १४ ,२०८२

काठमाडौं — जबर्जस्ती करणीको आरोप लागेपछि नेकपा (एमाले) का नेता तथा पूर्वसभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। उनलाई शनिबार ललितपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी वृत्त सातदोबाटोमा परेको उजुरीका आधारमा मल्ललाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिएका छन्।

मुगुको सोरु गाउँपालिका–१० स्थायी घर भएका मल्ल हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–७ मा बसोबास गर्दै आएका छन्। उनीविरुद्ध करिब एक साताअघि जबर्जस्ती करणीको आरोपमा उजुरी दर्ता भएको थियो।

आरोपितलाई पक्राउ नगरेको भन्दै पीडित महिला यसअघि माइतीघरमा धर्नामा समेत बसेकी थिइन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु