गृहपृष्ठ पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ


चैत १५ , २०८२

काठमाडौं — नेपाली कांग्रेसका नेता पूर्व उर्जा मन्त्री दिपक खड्का पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार बिहान काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

सीआईबी प्रमुख मनोेज केसी का अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो। सोही आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

खड्कामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ। यसबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु