गृहपृष्ठ ओली र लेखकलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति
ओली र लेखकलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति
चैत १५ , २०८२
बुटवल टाइम्स
काठमाडौँ — केपी शर्मा ओली र रमेश लेखक लाई जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राख्न अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले बयान प्रक्रिया अझै बाँकी रहेको भन्दै दुवै नेतालाई थप ५ दिन प्रहरी हिरासतमा राख्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठका अनुसार अनुसन्धान जारी रहेकाले म्याद थप गरिएको हो।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा भएको दमनको घटनामा संलग्न रहेको ठहर गर्दै जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही प्रतिवेदनका आधारमा वर्तमान सरकारले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई शनिबार पक्राउ गरेको हो।
ओली हाल उपचाररत अवस्थामा रहेकाले उनलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइएको थियो भने लेखकलाई प्रहरीले प्रत्यक्ष रूपमा अदालतमा उपस्थित गराएको थियो।










