ढोरपाटन सिकार आरक्षको करिब २०० हेक्टर जमिन अतिक्रमण
१५ भदौ, म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको पाइएको छ ।
एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । आरक्षको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा १८५ हेक्टर जमिन अतिक्रमण भएको उल्लेख छ ।
जग्गाधनी पुर्जा भएकै घरछेउमा जग्गा अतिक्रमण गरेर आफ्नो कम्पाउन्डमा भित्र्याउने क्रम बढेको हो । आरक्षको जग्गा बर्सेनि अतिक्रमित भए पनि सरोकारवाला निकायबाट यसलाई रोक्ने प्रयास भएको छैन ।
आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीले ३४ स्थानमा तीन सय ११ घरधुरीले एक सय ८५ हेक्टर क्षेत्रफल जमिन अतिक्रमण गरेको बताए । ‘सिकार आरक्षमा अतिक्रण मुख्य चुनौती बनेको छ,’ उनले भने, ‘अतिक्रमण पहिचान गरी खाली गराउन नेपाल स...