स्वास्थ्य

वीपी मेमोरियल अस्पतालमा बढ्दैछ बिरामीको चाप

वीपी मेमोरियल अस्पतालमा बढ्दैछ बिरामीको चाप

समाज / जिवनशैली, स्वास्थ्य
चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको संख्या बढ्दो क्रममा छ । विगत चार वर्षको तथ्यांकले यहाँ बहिरङ्ग सेवा लिन आउने बिरामीको संख्या बढ्दो क्रममा रहेको देखाएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले यहाँ उपचारका लागि आउने बिरामी निरन्तर बढ्दै गएको बताए । पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ५१४ जना बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् । आव २०७९/८० मा यो संख्या एक लाख ६६ हजार २०० रहेको थियो । यस्तै, आव २०७८/७९ मा एक लाख ७४ हजार ९३५ र आव २०७७/७८ मा एक लाख ३१ हजार ३०५ ले सेवा लिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । सोही अवधिमा उपचारका लागि आएकामध्ये क्यान्सरका नयाँ बिरामीको संख्यासमेत बढ्दो अवस्थामा रहेको पाइएको छ । आव २०८०/८१ मा छ हजार ७९५, २०७९/८० मा छ हजार ४८०, आव २०७८/७९ मा छ हजार ५३५ रहेको र आव २०७७/७८ मा नयाँ बिरामीको संख्य...
लामखुट्टेको टोकाइलाई बेवास्ता नगरौं, लाग्न सक्छ यी ५ गम्भीर रोग

लामखुट्टेको टोकाइलाई बेवास्ता नगरौं, लाग्न सक्छ यी ५ गम्भीर रोग

समाचार, स्वास्थ्य
काठमाडौं । लामखुट्टेको टोकाइ र यसबाट फैलिने रोगको जोखिमबाट मुक्त हुन असम्भव छ । किनकि वर्षैपिच्छे अत्यधिक गर्मी र वर्षातमा मौसमा यसको आतंक देखिन्छ । यस पटक पनि लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको संक्रमण अत्यधिक बढेको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो ९ महिनामा साढे ९ हजार केस डेंगुको देखिएको छ । यो महिनामा मात्र २६ सय बढीमा संक्रमण पुष्टि भएको छ । डेंगुसँगै जापानीज इन्सेफलाइटिसबाट संक्रमित हुनेको संख्या पनि बढी रहेको छ । इन्सेफलाइटिसबाट ६१ संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ । वर्षायाममा संक्रामक रोग बढी देखिन्छन् । यो समय बढी जीवाणुहरु आर्द्रताले सक्रिय हुन्छन् । बाढी र निरन्तर वर्षाका कारण सरसफाइमा कमी हुन्छ । पानीको बहाव बढेपछि ढल निकास हुन पाउँदैनन् । ठाउँठाउँमा फोहोर पानीको आहाल बन्छ । जसले लामखुट्टेलाई बढाउँछ । लामखुट्टेको जनसंख्या बढेसँगै यसक...
सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

समाचार, स्वास्थ्य
काठमाडौँ । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रूपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा विस्तार गरिएपछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो । उनले यसअघि बागमती प्रदेशअन्तर्गत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगन्जमा रहेको क्यान्सर उपचार सेवा दुई महिनाको अवधिमा थप पाँच प्रदेशमा पुगेको हो । भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेस प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरतपुरमार...
९ हजार ४८६ जनामा डेंगु सङ्क्रमण, ६ जनाको मृत्यु

९ हजार ४८६ जनामा डेंगु सङ्क्रमण, ६ जनाको मृत्यु

समाचार, स्वास्थ्य
काठमाडौँ । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको हो । सो सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै नभई अन्य रोग पनि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दाबी गर्दै आएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर फैलिएको सङ्क्रमित सङ्ख्यामध्ये ४ हजार ५३९ जना सङ्क्रमित गण्डकीमा रहेका छन् । यस्तै, बागमतीका २ हजार ४५३ जना, कोशीका १ हजार २७ जना सङ्क्रमित छन् । यस्तै, मधेसमा १८० जना, लुम्बिनीका ६४४ जना, कर्णालीका १३९ जना र सुदूरपश्चिममा ५०४ जनामा डेंगु फैलिएको छ । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । @रातोपाटी...
दमौली अस्पताललाई उपकरण सहयोग

दमौली अस्पताललाई उपकरण सहयोग

समाचार, स्वास्थ्य
तनहुँ । दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान सेवा प्रारम्भ भएको हो । अस्पतालमा ‘एनेस्थेसिया वर्किङ स्टेसन’ नहुँदा मध्यमखालका शल्यक्रिया सेवा उपलव्ध थिएन । मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख डा परिवर्तन बरालले उपकरण सहयोगका लागि आग्रह गरेका थिए । मन्त्रीकै पहलमा उपकरणको प्रबन्ध भएको हो । अस्पताल प्रमुख बरालले एनेस्थेसिया वर्किङ स्टेसन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने उपकरण एक थान र मोनिटर एक थान मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए । हाल दुई चिकित्सकको व्यवस्था गरेको अस्पतालले अब मध्यमखालका शल्यक्रिया गर्नसक्ने प्रमुख बरालले बताए । पित्तथैली तथा स्त्...
पूजाको प्रसाद खाएपछि झापामा ५० जना बिरामी

पूजाको प्रसाद खाएपछि झापामा ५० जना बिरामी

समाचार, स्वास्थ्य
काठमाडौँ । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको वडा नम्बर नौ खरवन्डी गाउँका करिब ५० जना मानिस बिरामी भएका छन् । स्थानीय छत्र निरौलाको घरमा मंगलबार लगाएको पूजाको प्रसाद खाँदा करिब ५० जना स्थानीय बिरामी परेको पूर्व वडाध्यक्ष पुण्य प्रसाईँले रातोपाटीलाई जानकारी दिए । ‘मंगलबारको पुजा रहेछ । स्थानीयहरूले उक्त दिन प्रसाद खाएपछि बेलुकाबाटै बिरामी हुन थालेछन् । बुधबार धेरै जना बिरामी परेको खबरपछि बिरामीहरूलाई स्थानीय अस्पताल लगिएको थियो’, प्रसाईँले भने, ‘धेरै त बुधबार नै डिस्चार्ज भएका छन् ।’ उनले चार पाँच जना विएण्डसी र केही शनिश्चरे अस्पतालमा अझै उपचाररत रहेको बताए । बिरामी परेकाहरूमा झाडापखाला, बान्ता, पेट फुल्ने र जरो आउने लक्षण देखा परेको थियो । फुडपोइजनका कारण उनीहरू बिरामी परेको हुनसक्ने स्थानीयको भनाइ छ । @रातोपाटी...
भेरी अस्पतालमा नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमरको सफल शल्यक्रिया

भेरी अस्पतालमा नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमरको सफल शल्यक्रिया

समाचार, स्थानिय तह / प्रदेश, स्वास्थ्य
२६ भदौ, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमर शल्यक्रिया भएको छ । दिमागको बीच भागमा रहने पिट्युटरी ग्रन्थीमा पलाएको मासुको डल्लो दूरबिन विधिबाट शल्यक्रिया गर्नु जटिल मानिन्छ । यो जटिल खालको शल्यक्रिया भेरी अस्पतालका न्यूरोसर्जन विशेषज्ञ डा. सुवोध गौतम र नाक, कान, घाँटी (ईएनटी) सर्जन डा. सगुन श्रेष्ठको नेतृत्वमा भएको हो । उनीहरुले बर्दियाको गुलरिया नगरपालिका–१२ निवासी ५० वर्षीया सुप्नी थारुको भदौ १६ गते सफल शल्यक्रिया गरेका हुन् । सुप्नीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएकाले डिस्चार्ज गर्ने तयारी छ । डा. गौतमका अनुसार पिट्युटरी ग्रन्थी मान्छेको दिमागको बीच भागमा हुन्छ । यसले शरीरमा भएका अन्य सबै ग्रन्थीको कन्ट्रोल गर्छ । त्यसैले यसलाई मास्टर ग्रन्थी पनि भनिन्छ । उनी भन्छन्, ‘यसमा हुने गडबडीले मानिसमा थाइरोइडको ...
स्वास्थ्य जाँचका लागि माओवादी नेता पुन चीन प्रस्थान

स्वास्थ्य जाँचका लागि माओवादी नेता पुन चीन प्रस्थान

समाचार, स्वास्थ्य
२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नियमित स्वास्थ्य जाँचका लागि चीन प्रस्थान गरेका छन् । पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीमगरसहित उपमहासचिव पुन दिउँसो १२ बजे चीन प्रस्थान गरेका हुन् । एअर चाइनाको उडान नम्बर ४३८ मार्फत उपमहासचिव पुन चीन उडेका छन् । ‘नियमित फलोअपका लागि जानुभएको हो । २५ गते फर्कनु हुन्छ’, पुनको सचिवालय स्रोतले भन्यो । वंशाणुगत जण्डिसको समस्या देखिएका उपमहासचिव पुनले यसअघि पनि चीनमा उपचार गराउँदै आएका थिए । @अनलाइनखबर...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

समाचार, स्वास्थ्य
२३ भदौ, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रथम दीक्षान्त समारोह स्थगित भएको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्ने भएपछि अन्तिम समयमा दीक्षान्त समारोह स्थगित भएको हो । आज स्थगित दीक्षान्त समारोह आगामी २८ कात्तिक बुधबारका दिन हुने भएको छ । प्रतिष्ठानले पहिलोपटक दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । स्थापना भएको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले जानकारी दिए । उपकुलपति रावलका अनुसार प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । प्रतिष्ठानबाट हालसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थी उत्तीर्ण भएका छन् । @अनलाइनखबर...
डेंगुको संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

डेंगुको संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
१९ भदौ, चितवन । चितवनमा डेंगुको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए । उनका अनुसार बिरामीमा कडा खालको डेंगु देखिएको थियो । शरिरका विभिन्न भागबाट रक्तश्राव भई अंगहरुले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेंगुको संक्रमणका कारण मृत्यु भएको थियो । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेंगुको संक्रमण देखिएको छ । तीन हजार...