राजनीति

रवीन्द्र मिश्रलाई प्रचण्डको जवाफ– तपाईंले राजनीति गर्नुभयो, मेरो समर्थन छैन

रवीन्द्र मिश्रलाई प्रचण्डको जवाफ– तपाईंले राजनीति गर्नुभयो, मेरो समर्थन छैन

राजनीति, समाचार
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो नाममा राजनीति गरेको बताएका छन् । सोमबार राजधानीमा भएको एक कार्यक्रममा प्रचण्डले संविधान दिवसका दिन मिश्रले आफूबारे दिएको अभिव्यक्ति राजनीति भएको बताएका हुन् । संविधान दिवसको दिन मिश्रले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै देश अहिले पनि प्रचण्ड पथमा हिँडेको बताएका थिए । कांग्रेस र एमालेले प्रचण्डलाई महान नेता मान्न व्यङ्ग्य गरेका थिए । सोही कार्यक्रममा प्रचण्ड बोल्नअघि मञ्चमा पुगेका मिश्रले देश अहिले पनि प्रचण्डकै वरिपरि घुमेको स्पष्ट पारेका थिए । मिश्रको जवाफ फर्काउँदै उनले आफ्नो विरोध गरेको हो कि समर्थन गरेको हो भन्ने छुट्याउन अप्ठ्यारो परेको बताएका थिए । साथै मिश्रको अभिव्यक्ति कांग्रेस र एमालेबिच विभाजन ल्याउन हो...
राष्ट्रिय जनमोर्चा पार्टीले चैत २४ गते संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने

राष्ट्रिय जनमोर्चा पार्टीले चैत २४ गते संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने

राजनीति, समाचार
६ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले संघीयताविरुद्ध जनआन्दोलन दिवस अर्थात चैत २४ गते राजधानी केन्द्रित आन्दोलन भएको छ । ४ र ५ गते बुटवलमा बसेको केन्द्रीय पार्षद् बैठकले संघीयताविरुद्ध आन्दोलन गर्ने निणर्य गरेको हो । पार्टी अध्यक्ष चित्रबहादुर केसीले राजधानी केन्द्रीत आन्दोलनलाई सप्ताहव्यापीरुपमा सञ्चालन गर्ने निणर्य गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनका अनुसार मंसिर महिनाभरि देशव्यापी रुपमा प्रदेशदेखि स्थानीय तहसम्मका बैठकहरू गरिने छन् । पुस महिनाभरि देशव्यापी रुपमा जिल्लाजिल्लामा राजनीतिक प्रशिक्षणहरू सञ्चालन गरिने जनमोर्चाले जनाएको छ । माघ १ गतेदेखि फागुनको १० गतेसम्म सदस्यता राष्ट्रिय अभियान सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ । ‘गणतन्त्र तथा राष्ट्रियता लागि संघीयता घातक छ । हाम्रो जस्तो मुलुकमा कुनै पनि दृष्टिकोणले संघीयता उपयुक्त छैन’, विज्ञप्तिले भनेको छ, ...
माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प छैन : प्रचण्ड

माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प छैन : प्रचण्ड

राजनीति, समाचार
५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताएका छन् । शहीद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरू ढिलो नगरी एकताबद्ध हुनुपर्ने बताए । ‘हामीसँग हजारौं महान राष्ट्रिय शहीदहरु छन्, यो हाम्रो ठूलो शक्ति हो,’ उनले भने, ‘माओवादी जतिलाई एकीकृत र केन्द्रिकृत गर्नेबित्तिकै त्यो तागत निकै ठूलो हुनेवाला छ। अझै पनि हामी सही ठाउँमा छौं, हामी वैधानिक र शान्तिपूणरुपमा लडेर पनि जित्न सक्छौं, जतिसक्दो चाँडो हामी एकताबद्ध भएर अघि बढौं, विजय सम्भव छ।’ संसदीय चुनाव लडिसकेपछि संख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वभाविक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संसदको शक्तिभन्दा पनि...
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

राजनीति, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको आज दोस्रो दिन पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भर्खरै बैठक सुरु भएको छ । गत साउन २७ गतेदेखि ३० गते सम्पन्न भएको केन्द्रीय समिति बैठकपछि पूर्णता: पाएको यो कार्यकारिणी समितिको प्रथम बैठक हो । ३४ सदस्यीय यो बैठक भोलि शुक्रबार सम्पन्न हुनेछ । बैठकले नेतृत्व एवं कार्यकारिणी समितिको जिम्मेवारी निर्धारण गर्नुका साथै केन्द्रीय विभागहरू गठन, केन्द्रीय सचिवालय गठन, केन्द्रीय कार्यालय समिति गठन, प्रदेश स्तरीय अभियान परिचालन, अनुगमन र निरीक्षण गर्नेछ । त्यस्तैगरी, हाल जारी रहेको जनतासँग जसपा नेपाल अभियानको समीक्षा र यसको प्रभावकारिता, पेशागत एवं भातृ सङ्गठनहरूको परिचालन, अनुगमन, निरीक्षण र समन्वय लगायत बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ । जसपा नेपालको कार्यकारिणी समिति र केन्द्रीय समितिले पूर्णतः पाइसकेको छ । गत जेष...
राजेन्द्र महतोद्वारा पार्टी घोषणा

राजेन्द्र महतोद्वारा पार्टी घोषणा

राजनीति, समाचार
काठमाडौँ। राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मंगलबार विधिवतरुपमा पार्टी घोषणा गरेका छन् । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' रहने घोषणा गरेका हुन् । पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ । महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ । लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए । प्रेस विज्ञप्ति आदरणीय सञ्चारकर्मी मित्रहरु, विषय : पार्टी घोषणा गरिएको बारे । राष्ट्रिय मुक्ति क्रन्ति २०८० फाल्गुन १४ गते देखि एउटा अभियानको रुपमा सञ्चालन भइरहेको र विगत ६ महिना देखि राष्ट्रिय मुक्ति क्रान्तिले नेपाली इतिहासमा पहिलो पटक एकल राष्ट्रिय राज्य नेपाललाई वहुलराष्ट्रिय राज्यमा रुपान्तरण गर्ने ...
सिंहदरबारमा राष्ट्रिय दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

सिंहदरबारमा राष्ट्रिय दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

राजनीति, समाचार
काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय दलका प्रमुख सचेतकहरूको छलफल सुरु भएको छ । छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरू सहभागी छन् । नेकपा माओवादी केन्द्रले सदन अवरोध गर्ने बताएपछि संसद् बैठक अघि सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । आज प्रतिनिधिसभा बैठक अगाडी हिंसा शब्दमा माओवादीले जनाएको आपत्तिको विषयलाई सहमतिमा टुङ्गोमा पुर्‍याउने सभामुखको तयारी छ । @रातोपाटी...
बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु

बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु

राजनीति, समाचार
२८ भदौ, काठमाडौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बालुवाटार स्रोतका अनुसार संवैधानिक परिषदका सबै सदस्य बैठकमा सहभागी छन् । बैठकमा भावी प्रधानन्यायाधीश, निर्वाचन आयुक्त लगायत संवैधानिक पदहरुमा सिफारिस गर्ने एजेण्डा छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रमुख विपक्षी दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ । @अनलाइनखबर...
एमालेको वार्षिक  कार्ययोजना पास, कात्तिकभित्र जिल्ला अधिवेशन सक्ने

एमालेको वार्षिक कार्ययोजना पास, कात्तिकभित्र जिल्ला अधिवेशन सक्ने

राजनीति, समाचार
२८ भदौ, काठमाडौं । नेकपा एमालेले जिल्ला कमिटीहरुको अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्ने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पास गरेको हो, जसमा जिल्ला कमिटीको अधिवेशनहरु कात्तिकभित्र गरिसक्ने उल्लेख छ । महासचिव शंकर पोखरेलका अनुसार सबै तहको अधिवेशन मंसिरभित्र गरिसक्ने कार्ययोजना छ । पार्टीमा आएका नेताहरुलाई ३ महिनाभित्र जिम्मेवारी दिने, हरेक सदस्यले वर्षमा एक पटक पार्टी स्कुलमा सहभागी हुनुपर्ने पनि कार्ययोजनामा उल्लेख छ । २०८४ को चुनावमा बहुमतसहित राष्ट्रिय शक्ति बन्ने लक्ष्य दिएको एमालेले ४० वर्ष मुनिका युवाहरुकको युथ समिट गर्ने निर्णय समेत गरेको छ । @अनलाइनखबर...
संसदको वर्षे अधिवेशन अन्त्यको तयारी

संसदको वर्षे अधिवेशन अन्त्यको तयारी

राजनीति, समाचार
२८ भदौ, काठमाडौं । सरकारले संघीय संसदको चालू वर्षे अधिवेशन अन्त्यको तयारी छ । अब बस्ने मन्त्रिपरिषदको बैठकबाट संसद अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति समक्ष गर्नेबारे सरकारले सत्तारुढ दलहरूसँग परामर्श गरेको छ । ‘भदौ ३१ गते प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्दै हुनुहुन्छ । सम्भवतः त्यही दिन रातीबाट संसदको चालू अधिवेशन समेत अन्त्य हुने सम्भावना छ’ एक मन्त्रीले जानकारी दिए । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदको चालू अधिवेशन अन्त्यबारे छलफल चलिरहेको बताए । ‘अब धेरै लामो समय जाँदैन’ उनले भने । गत वैशाख २८ गते संसदको चालू अधिवेशन सुरु भएको थियो । बजेट अधिवेशनको रुपमा लिइने चालू वर्षे अधिवेशनमा बजेटका अलावा केही विधेयकहरू पारित समेत पारित भएका छन् । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१...
एमालेको सचिवालय बैठक शुरु

एमालेको सचिवालय बैठक शुरु

राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । केहीबेर अघिदेखि केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको र त्यही कार्ययोजनालाई अन्तिमरुप दिन आज बैठक बस्न लागेको बताइएको छ । आजको बैठकमा वार्षिक कार्ययोजना र तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।...