आर्थिक / ब्यापार

उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने एमालेकाे निष्कर्ष

उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने एमालेकाे निष्कर्ष

आर्थिक / ब्यापार, समाचार
उदयपुर । सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष नेकपा एमाले उदयपुरले निकालेको छ । उदयपुर प्रतिनीधि सभा क्षेत्र नं. २ का सांसद अम्बरबहादुर रायमाझीको पहलमा भएको सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमाले उदयपुरको नेतृत्वविच भएको छलफलमा उदयपुर सिमेन्ट उद्योगकालाई निजिकरण गर्न नहुने निष्कर्ष निकालिएको हो। छलफलमा उद्योगलाई कसरी बचाउने र आगामी दिनमा निजिकरण हुनबाट कसरी जोगाउने भन्ने विषयमा गम्भिर छलफल भएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिए । सिमेन्ट उद्योग आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको र उदयपुर सिमेन्ट उद्योगकाले करिव २ अर्ब तिर्नु पर्ने दायित्व बोकेर हिडिरहेको जानकारी दिंदै उद्योगका निमित्त महाप्रबन्धक महेशप्रसाद साहले उद्योग निजिकरण हुनबाट जोगाउनु पर्ने साथै सामान्य खर्च पनि गर्...
२५ सयमाथि टिकेन सेयर बजार

२५ सयमाथि टिकेन सेयर बजार

आर्थिक / ब्यापार, समाचार
१० असोज, काठमाडौं । अघिल्लो दिन बढेर २५१९ अंकमा पुगेको सेयर बजार बिहीबार फेरि २५ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा ३२.८१ अंक घटेको बजार २४८६ मा कायम भएको छ । कारोबार खुल्दा सकारात्मक देखिएको बजार ११ : २४ बजे २५४१ अंकसम्म पुग्यो । जुन इन्ट्राडेमा उच्चतम अंक रह्यो । त्यसपछि सामान्य उतारचढावका बाबजुत अन्तिमसम्म गिरावट जारी रह्यो । ३९ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ४ को स्थिर रह्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब ८१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८४ करोडको भयो । यस दिन अधिकांश क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.१५, विकास बैंक १.१७, फाइनान्स २.०७, होटल तथा पर्यटन २.३४, हाइड्रोपावर २.३०, लगानी १.७०, जीवन बीमा ०.९३, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.७९, अन्य ०.९७ प्रतिशत घटे । व्यापार समूह १ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रह्यो । विन नेपाल लघुवि...
सुन तोलामा ३ सय बढ्यो

सुन तोलामा ३ सय बढ्यो

आर्थिक / ब्यापार, समाचार
१० असोज, काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । केही दिनदेखि दैनिक नयाँ रेकर्ड बनाएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ थियो । चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । चाँदी प्रतितोला १९५५ रुपैयाँ छ । @अनलाइनखबर...
दशैंमा विभिन्न ब्रान्डका टीभी, फ्रिजर, वासिङ मेसिनमा छुट लहर

दशैंमा विभिन्न ब्रान्डका टीभी, फ्रिजर, वासिङ मेसिनमा छुट लहर

आर्थिक / ब्यापार
८ असोज, काठमाडौं । दशैं–तिहार लक्षित गर्दै घरायसी विद्युतीय सामग्रीका विभिन्न ब्रान्डले छुट तथा उपहार योजना ल्याएका छन् । स्वदेशी तथा विदेशी ब्रान्डले चाडबाडमा छुट अफर ल्याएपछि बजार थप चलायमान हुने कम्पनीहरूको अपेक्षा छ । अरू बेलाभन्दा चाडबाडमा सार्वजनिक हुने अफरले उपभोक्ता आकर्षित गर्न बल पुग्ने उनीहरूको भनाइ छ । यसै क्रममा सामसङले चाडपर्व लक्षित ‘अफर’ मा ३१ प्रतिशतसम्म छुट योजना ल्याएको छ । ३० कात्तिकसम्म सञ्चालन हुने ‘भव्य दशैं–तिहार, घरभरि उपहार’ अफरमा ३१ प्रतिशतसम्म छुटमा सामसङ टीभी र घरेलु उपकरण खरिद गर्न सकिने छ । सामसङले वासिङ मेसिन, रेफ्रिजिरेटर, टीभी, माइक्रोवेभ ओभन लगायतमा छुट योजना ल्याएको हो । कम्पनीले ८ किलो क्षमताको ९० हजार पर्ने वासिङ मेसिन ७३ हजारमै दिने अफर ल्याएको छ । त्यस्तै ४६५ लिटर क्षमताको डबल डोर रेफ्रिजिरेटरको मूल्य १ लाख ६५ हजार रहेकोमा १ लाख २० हजार ५ सय...
कालीमाटीमा सस्तियो तरकारी

कालीमाटीमा सस्तियो तरकारी

आर्थिक / ब्यापार
१० असोज, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारीको भाउ सस्तिएको छ । अघिल्लो दिनको तुलनामा सानो गोलभेँडा, मुला, बोडी, घिउ सिमी, टाटे सिमी, तिते करेला, लौका, परवर, घिरौंला, फर्सी, बरेला, स्कुस, साग सस्तिएको छ । बिहीबार प्याज अधिकतम प्रतिकिलो ११२ रुपैयाँमा झरेको छ । अघिल्लो दिन ११५ रुपैयाँ थियो । त्यस्तै स्थानीय बन्दा ५०, लाम्चो भन्टा २५, डल्लो भन्टा ३५, तने बोडी ७०, घिउ सिमी ६०, टाटे सिमी १००, तिते करेला ७०, लौका ४०, परवर ७०, चिचिन्डो २५, घिरौंला ७०, भिण्डी ४५, बरेला १३० रुपैयाँ प्रतिकिलो कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार कन्य च्याउ १८०, डल्ले च्याउ ३००, कुरिलो ५०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । रातो आलु अधिकतम ८१, मुडे रातो आलु ७२, रातो मुला ३५, सेतो मुला २५ रुपैयाँ प्रतिकिलो कारोबार भएको छ । कालीमाटी बजारमा ब...
नेपाल एयरलाइन्स बलियो नहुँदा निजीको मनोमानी छः पर्यटमन्त्री पाण्डे

नेपाल एयरलाइन्स बलियो नहुँदा निजीको मनोमानी छः पर्यटमन्त्री पाण्डे

आर्थिक / ब्यापार
९ असोज, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सरकार मातहतको नेपाल इयरलाइन्स बलियो नहुँदा निजी एयरलाइन्सहरुको मनोमानी बढेको बताएका छन् । नेपाल एयरलाइन्सलाई कसरी बलियो र विश्वसनीय बनाउने विषय महत्वपूर्ण भएको पाण्डेको भनाइ थियो । नेपाल एयरलाइन्स चलाउने पनि भन्ने तर अवरोध आउँछन् भनेर खरिद, मर्मत, टिकेटिङसम्मका कामलाई पारदर्शी बनाउन नसकिएको पाण्डेले बताए । ‘कतार एयरलाइन्सले मनोमानी भाडा किन लिन्छ भने नेपाल एयरलाइन्सले बढीभन्दा बढी उडान भर्न सक्दैन र मानोमानी चल्छ । देशभित्र बुद्ध उयरले धनगढी जाने भाडा किन बढी लिन्छ भने नेपाल एयरलाइन्सले नियमित उडान गर्न सक्दैन र उसलाई मानोमानी गर्ने छुट हुन्छ । त्यसैले नेपाल एयरलाइन्सलाई बलियो बनाउनैपर्छ,’ पाण्डेले भने । सातै प्रदेशका पर्यटनमन्त्री, सचिवसहित सरोकारवालासँग पोखरामा भएको पर्यटकीय राजधानीबारेको संवादपछि बो...
सरकारले खोल्यो सुपारी, केराउ र मरिच आयात

सरकारले खोल्यो सुपारी, केराउ र मरिच आयात

आर्थिक / ब्यापार, समाचार
९ असोज, काठमाडौं । सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिच आयात खुला गरेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक कच्चापदार्थ सुपारी, केराउ र मरिच पैठारी व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ का प्रक्रिया पूरा गरी आयात गर्न पाउने गरी आयात खुला गरेको जनाएको छ । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीका अनुसार आर्थिक वर्ष २०८१÷८२ का लागि औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरिच आयात प्रतिबन्ध हटाइएको हो । सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ अनुसार यस्ता वस्तु पैठारीमा बन्देज लगाएको छ । यस्तो बन्देज चैत २०७६ मा लगाइएको हो । सरकारले सूचनामा कुन वस्तुको कति परिमाण आयात गर्न दिने भन्नेबारे खुलाइएको छैन । यसले औद्योगिक प्रयोजनका नाममा पुनः तस्करी बढ्ने स...
नेपालको अर्थतन्त्र सुधारोन्मुख : एडीबी

नेपालको अर्थतन्त्र सुधारोन्मुख : एडीबी

आर्थिक / ब्यापार
९ असोज, काठमाडौं । नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरेको छ । यसअघि अप्रिल २०२४ मा सार्वजनिक गरिएको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्र हुने अनुमान गरिएको थियो । यो बीचमा कृषि उत्पादन, पर्यटक आगमनमा सुधार र विद्युत उत्पादनमा भएको वृद्धिसहितका कारणले जीडीपीमा सकारात्मक वृद्धि हुने अनुमान गरिएको छ । एडीबी नेपालले समेत बुधबार नेपाल सम्बन्धी विवरणहरु सार्वजनिक गरेको छ । सन् २०२५ मा अर्थतन्त्रमा अझै सुधार हुने अनुमान एडीबीले गरेको छ । सो वर्ष ४.९ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान एडीबीको छ । अप्रिलको प्रक्षेपणमा ४.८ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान गरिएको थियो । सन् २०२३ मा २ प्रतिशतले मात्र अर्थतन्त्र...
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ६० हजार नाघ्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ६० हजार नाघ्यो

आर्थिक / ब्यापार
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो । जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले बुधबार प्रकाशित गरेको सूचनामा उल्लेख छ । अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो । यस्तै छापावाल सुन प्रति १० ग्राम भने बुधबार १ लाख ३७ हजार ५१५ रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो । @रातोपाटी...
राजनीतिले कसरी प्रभाव पार्छ सेयर बजार ?

राजनीतिले कसरी प्रभाव पार्छ सेयर बजार ?

आर्थिक / ब्यापार
९ असोज, काठमाडौं । सेयर बजार र राजनीति एकअर्कासँग जोडिएका छन् । नेपालको हकमा पनि यो अन्तरसम्बन्धित रहेको प्रष्ट छ । स–सानो राजनीतिक घटनाक्रम तथा विभिन्न निकायमा हुने नियुक्तिहरूले समेत बजारमा गहिरो प्रभाव पारिरहेको हुन्छ । एउटा राजनीतिक दल विशेषले सत्ता सम्हाल्दा र अर्को राजनीतिक दल विशेषले सत्ता सम्हाल्दा लगानीकर्ताको मनोभावनामै प्रभाव पार्ने गरेको छ । विश्वका अन्य बजार र नेपालका हकमा पनि त्यो देखिँदै आएको छ । राजनीतिक घटनाक्रमको कतिपय प्रभावले बजारलाई लामो अवधिसम्म असर पारेको हुन्छ भने कतिपय प्रभाव छोटो अवधिको हुन्छ । नेपालमा अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने पार्टी र उसको विगतलाई हेरेर पनि बजारले प्रतिक्रिया जनाउने गरेको छ । पछिल्लो पटकको सत्ता परिवर्तन र अर्थमन्त्रीका रुपमा विष्णु पौडेल नियुक्त हुँदा बजारमा प्रभाव देखियो । नयाँ अर्थमन्त्री नियुक्ति र सो नियुक्तिपछि माैद्रिक न...