फेक नोटिफिकेसन नचिन्दा ह्याक हुनसक्छ तपाईको फेसबुक अकाउन्टसँगै पेज, यसलाई कसरी जोगाउने ?
फेक नोटिफिकेसन नचिन्दा ह्याक हुनसक्छ तपाईको फेसबुक अकाउन्टसँगै पेज, यसलाई कसरी जोगाउने ?
पछिल्लो समय फेसबुक पेज ह्याक हुने घटनाक्रम बढिरहेका छन् । नेपालमा मात्र होईन यो संसारभर थुप्रै चर्चित व्यक्ति तथा संस्थाका फेसबुक पेजहरू दिनदिनै ह्याक भइरहेका हुन्छन् । मे २०२३ तिर विश्व चर्चित फुटबलर डियागो म्यारोडोनाको फेसबुक पेज ह्याक भएको थियो । २०२० मा उनको देहान्त भएपछि परिवारले चलाउँदै आएको एक करोड २० लाख फलोअर भएको सो पेजमा असान्दर्भिक सामग्री राखिएपछि ह्याक भएको आशङ्का गरिएको थियो । पछि उनको परिवारले एक्समा पोस्ट राख्दै आधिकारिक रूपमा पेज ह्याक भएको जानकारी दियो । त्यसबाहेक ह्याक भएका चिर परिचित अकाउन्ट अरू पनि थुप्रै छन् ।
नेपालमै पनि दिनहुँजसो फेसबुक पेज ह्याक भएका घटना बाहिरी रहेका हुन्छन् । सामान्य पेज मात्र नभएर फेसबुकले आधिकारिक प्रमाणित गरेका भेरिफाइड नेपाली फेसबुक पेज पनि ह्याकरक...