अपराध / प्रशासन

विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा बनेपाबाट तीन जना पक्राउ

विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा बनेपाबाट तीन जना पक्राउ

अपराध / प्रशासन, समाचार
९ असोज, काठमाडौं । विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले बनेपाबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाल छन् । उनीहरुले चक्कु देखाएर बनेपामा इटाली र जर्मनीका नागरिकका सामान लुटपाट गरेको आरोप प्रहरीले लगाएको छ । उनीहरुलाई लुटिएका सामानसहित गए राति पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । @अनलाइनखबर...
भ्रष्टाचार विधेयकबाट हटाइयो पाँच वर्षे हदम्याद

भ्रष्टाचार विधेयकबाट हटाइयो पाँच वर्षे हदम्याद

अपराध / प्रशासन, समाचार
काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ । शुक्रबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मति रुपमा भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने प्रस्तावित व्यवस्थालाई हटाउने निर्णय गरेको सभापति रामहरी खतिवडाले न्यूज कारखानालाई जानकारी दिएका हुन् ।समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले हदम्याद सम्बन्धी व्यवस्था नराख्न सरकार तयार रहेको बताए । विधेयकमा सरकारले भ्रष्टाचारको छानबिन गर्न पाँच बर्षे हदम्याद राख्ने प्रस्ताव ल्याएपछि सांसदहरुसहित आम रुपमा चर्को आलोचना भएको थियो ।...
लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अपराध / प्रशासन, समाचार, सूचना-प्रविधि
काठमाडौं । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि चोरीको उद्धेश्यले अपार्टमेन्टमा पुगेका बोबिसिंह शाहले गोली हानेको खुलासा भएको छ । अदालतको विवरणमा लुटपाटको उद्धेश्यले बोबिसिंह मुनाको अपार्टमेन्टमा पुगेको र सोहि क्रममा गोली हानेर हत्या गरेको उल्लेख गरिएको छ । अब बोबीसिंहलाई सेप्टेम्बर ३ मा अदालतमा उपस्थित गराइने र उनीमाथि मुनाको हत्या बाहेक गैरकानुनी हतियार राखेको मुद्धा समेत चलाइने  भएको छ । गैर कानुनी हत्याको मुद्धामा उनलाई सेप्टेम्बर ५ मा अदालतमा उपस्थित गराइने भएको छ । ५१ बर्षिय शाहलाई प्रहरीले तस्बीर सार्बजनिक भएपछि प्राप्त सूचनाका आधारमा ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको थियो । शाह मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्वीर सार्बजनिक गरेको थियो । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार...
मोबाइल बैंकिङ चोरीलाई नियमन गर्ने कानुनी व्यवस्थाको माग

मोबाइल बैंकिङ चोरीलाई नियमन गर्ने कानुनी व्यवस्थाको माग

अपराध / प्रशासन, आर्थिक / ब्यापार, समाचार
३२ साउन, काठमाडौं। सांसदहरुले मोबाइल बैङ्किङ चोरीलाई नियमन गर्ने कानुनी व्यवस्थाको माग गरेका छन् । ‘बैङ्किङ्ग कसूर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक’मा संशोधन राख्दै सांसदहरुले यस्तो व्यवस्थाको माग गरेका हुन् । प्रस्तावित विधेयकको दफा ४ मा रकम मौज्दात नभइ चेक जारी गर्न नहुने व्यवस्था छ। यसमै मोबाइल बैङ्किङ चोरीलाई नियमन गर्ने भनेर थप्नुपर्ने प्रस्ताव नेकपा एमालेका सांसदहरु इश्वरी घर्ती, सरिता भुसाल, सरस्वती सुब्बा, दिपा शर्मा र विद्या भट्टराईको रहेको छ । ‘शिर्षकमा रकम मौज्दात नभइ चेक जारी गर्न नहुने पछि मोबाइल बैङ्किङमा हुने चोरीलाई नियमन गर्न भन्ने थप गर्ने’ उनीहरुको प्रस्ताव छ, ‘बैंक खातामा रकम मौज्दात भएको थाहा पाइ पिन कोड वा ओटिपी पत्ता लगाई रकम झिकेमा भन्ने शब्द थप गर्ने ।’ कसैले पिन कोड वा ओटिपी पत्ता लगाई अर्को ब्यक्तिको बैंक खाताबाट रकम झिकेमा कानुनी कारबाही...
श्रीमती हत्या आरोपमा युवक पक्राउ

श्रीमती हत्या आरोपमा युवक पक्राउ

अपराध / प्रशासन, समाचार
३० साउन, हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका छन् । कैलाश–५ कालीखोलास्थित काफलडाँडाका मंगलबहादुर पाख्रिनलाई पक्राउ गरी १० दिन हिरासतमा राख्न जिल्ला प्रहरीले अदालतबाट अनुमति लिएको छ । पाख्रिनले २७ साउन साँझको समयमा २० वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्या गरी वनमा गाडेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । घरायसी विवादमा पाख्रिनले श्रीमतीलाई घरभित्र बञ्चरो प्रहार गरी हत्या गरेको पाइएको मकवानपुरका प्रहरी प्रवक्ता ओम पण्डितले जानकारी दिए ।...
पाल्पामा तीन जना फरार अभियुक्त पक्राउ

पाल्पामा तीन जना फरार अभियुक्त पक्राउ

अपराध / प्रशासन, समाचार
३१ साउन, पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले कैद सजाय पाएका तीन जना फरार अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका-६ बसर्पाक बस्ने ४७ वर्षीया नारायणी राना, रामपुर नगरपालिका-५ का २४ वर्षीय अप्सनबहादुर वंसी ठकुरी र तानसेन-३ का ४४ वर्षीय अर्जुन थापा रहेका छन् । अर्जुन थापा २०८० जेठ २ गते सवारी ज्यान मुद्दामा २ महिना ८ दिन कैद सजाय फैसला भई फरार भएका थिए । यस्तै, राना २०८० मंसिर १४ गते जिल्ला अदालत पाल्पाबाट चेकअनादर मुद्दामा एक हजार जरिवाना फैसला भई फरार भएका थिए भने अप्सनबहादुर वंशी २०८० असार २० गते अदालतबाट अभ्रद व्यवहार मुद्दामा आठ हजार जरिवान फैसला भई फरार भएका हुन् । उनीहरू तीनै जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले फरार अभियुक्तलाई ...
धनुषामा ११ किलो चाँदीसहित एकजना पक्राउ

धनुषामा ११ किलो चाँदीसहित एकजना पक्राउ

अपराध / प्रशासन, आर्थिक / ब्यापार, समाचार
२३ साउन, जनकपुरधाम । भारतबाट ल्याउँदै गरेको ११ किलो अवैध चाँदीसहित धनुषामा एक व्यक्ति पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल धनुषाको गस्ती टोलीले भारत बिहार मधुवनी जिल्ला हरियानाका ४० वर्षीय सुरेन्द्र मण्डललाई पक्राउ गरेको हो । भारतबाट आउँदै गरेका उनलाई ११ किलो १२.५ ग्राम चाँदीसहित धनुषाको विदेह नगरपालिका ९ ईटहवाबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दर्शन गिरीले जानकारी दिए । एसपी गिरीका अनुसार बरामद चाँदी १६ लाख २३ हजार ९२८ मूल्य बराबरको रहेको छ ।...
अग्नि सापकोटा विरुद्धको मुद्दामा आज पनि भएन फैसला

अग्नि सापकोटा विरुद्धको मुद्दामा आज पनि भएन फैसला

अपराध / प्रशासन, राजनीति, समाचार
२३ साउन, काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्निप्रसाद सापकोटा विरुद्ध दायर रिट निवेदनको निर्णय सुनाउने मिति सारेको छ । सापकोटा विरुद्धको मुद्दामा संवैधानिक इजलासले बुधबार निर्णय सुनाउने भनी मिति तोकेको थियो । त्यो मिति सारेको हो । सर्वोच्च अदालतले ‘निर्णय सुनाउने मिति सरेको’ भनी सूचना राखे पनि अर्को मिति तोकेको छैन । आफ्नो पतिको हत्यामा संलग्न सापकोटा विरुद्धको मुद्दा अघि बढाउनुपर्ने माग राखी काभ्रेकी पूर्णिमाया लामाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । उनका पति अर्जुन लामा काभे्रको श्रीकृष्ण माविबाट १६ वैशाख २०६२ मा अपहरणमा परेका थिए । पछि असारको दोस्रो साता बूढाखानी क्षेत्रमा पुर्‍याएर उनको हत्या भयो । शान्ति प्रक्रिया शुरु भएपछि पूर्णिमाया निवेदन दर्ताका लागि सर्वोच्च अदालतमा पुगिन् । प्रहरीले जाहेरी दर्ता गर्न मानेन । जिल्ला प्रशासन कार्यालयले द्वन्द्वकालीन...
४ लाख घुससहित समातिएका नापी सर्वेक्षकसहित ३ जना पक्राउ

४ लाख घुससहित समातिएका नापी सर्वेक्षकसहित ३ जना पक्राउ

अपराध / प्रशासन, समाचार
२३ साउन, काठमाडौं । ४ लाख घुससहित पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले यादवसँगै मालपोत कार्यालयका खरिदार मोतीराम सुवेद र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरुले जग्गा हालसाबिक गराउनकालागि ४ लाख रुपैयाँ घुस लिएको आरोपमा त्यति नै रकम बिगो राखेर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । नापी र मालपोतका कर्मचारी तथा लेखापढी कानुन व्यवसायीको मिलेमतोमा जग्गा हालसाबिक गरेको र काम सम्पन्न भएपश्चात ४ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।...
कोशी अस्पतालबाट फरार भए बलात्कार मुद्दाका कैदी

कोशी अस्पतालबाट फरार भए बलात्कार मुद्दाका कैदी

अपराध / प्रशासन, समाचार
१७ साउन, विराटनगर । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका कैदी फरार भएका छन् । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट फरार भएका हुन् । कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । प्रहरीका अनुसार बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएका हुन् । शाौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको प्रहरीले बताएको छ । विराटनगर महानगरपालिका-८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गरेर नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएको छ । जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागु...