सूचना-प्रविधि

सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो

सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो

समाचार, सूचना-प्रविधि
१९ भदौ, काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७३९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ३.१, विकास बैंक २.२, फाइनान्स ५.१, होटल तथा पर्यटन ४.४, हाइड्रोपावर ३.५, लगानी ३.५, जीवन बीमा ३.७, उत्पादन २.५, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ३.७ र व्यापार समूह २.६ प्रतिशत घटे । बजार घट्दा पनि ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । एसियन हाइड्रोपावरको ८.९, धौलागिरि लघुवित्...
सेयर बजार २८३० अंकमा पुग्यो, बीमा क्षेत्रमा आकर्षण

सेयर बजार २८३० अंकमा पुग्यो, बीमा क्षेत्रमा आकर्षण

समाचार, सूचना-प्रविधि
१८ भदौ, काठमाडौं । मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिन १२७ अंक बढेको बजारमा आज केही करेक्सनको अपेक्षा रहे पनि बजारले वृद्धिलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक यस दिन ६.९४ अंक बढेर २८३० अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा आज १३ अर्ब ५७ करोडको भयो । कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन बीमा क्षेत्रमा आकर्षण देखियो । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ४.७८ प्रतिशत बढ्यो भने जीवन बीमा समूह २.२८ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, माइक्रोफाइनान्स ०.३६ प्रतिशत बढे । बैंकिङ ०.६७, फाइनान्स १.५७, हाइड्रोपावर ०.५०, लगानी ०.४४, उत्पादन ०.१४, अन्य ०.१८, ब्यापार ०.४१ प्रतिशत घटे । १२ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । एनएलजी...
सूचना उपलब्ध नगराउनेलाई आयोगले गर्‍यो जरिवाना

सूचना उपलब्ध नगराउनेलाई आयोगले गर्‍यो जरिवाना

समाचार, सूचना-प्रविधि
काठमाडौँ । सूचना आयोगले तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेमाथि कारबाहीका लागि सिफारिस गरेको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ (१) बमोजिम उनीमाथि कारबाहीका लागि सिफारिस गरिएको आयोगका सूचना अधिकारी तथा प्रवक्ता कमला ओली थापाले जनाएकी छन् । प्रवक्ता थापाका अनुसार कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गे निवासी बसन्त गिरीले तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह, कपिलवस्तु समक्ष सूचना माग गरेका थिए । तोकिएको समयमा सूचना नपाएपछि गिरीले सूचना आयोगमा गत वर्ष कात्तिक २० गते पुनरावेदन गरेको प्रवक्ता थापाको भनाइ छ । पुनरावेदनको सम्बन्धमा आयोगबाट तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह, कपिलवस्तुका नाममा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १० को उपदफा (२) बमोजिम ७ (सात) दिनभित्र आयोग समक्ष लिखित व्यहोरा पठाउनू भनी कात्तिक २० मा आदेश भएको थियो ...
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण

एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण

समाचार, सूचना-प्रविधि
१७ भदौ, काठमाडौं । सरकारले निजी दूरसञ्चार कम्पनी एनसेलको अनुमतिपत्र (लाइसेन्स) पाँच वर्षका लागि नवीकरण गरेको छ । सरकारले सर्तसहित एनसेलको लाइसेन्स आइतबार नवीकरण गरेको हो । गत साता बिहीबार (१३ भदौ) मा बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेको थियो । त्यसपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो । लाइसेन्स नवीकरण भएको दूरसञ्चार प्राधिकरणको पत्र एनसेलले बुझेको छ । तर, यसबारे एनसेलले औपचारिक रूपमा केही सार्वजनिक भने गरेको छैन । एनसेलको लाइसेन्सको म्याद आइतबार (१६ भदौ) मा सकिएको थियो । दूरसञ्चार प्राधिकरणका प्रवक्ता तथा निर्देशक सन्तोष पौडेलका अनुसार एनसेलले आइतबार थप १ अर्ब रुपैयाँ भुक्तानी गरेपछि उसको लाइसेन्स नवीकरण भएको हो । एनसेलले यसअघि १४ जेठमा ४ अर्ब रुपैयाँ बुझाएको थियो । ‘एनस...
चार दिनपछि एकतर्फी खुल्यो कर्णाली राजमार्ग

चार दिनपछि एकतर्फी खुल्यो कर्णाली राजमार्ग

समाचार, सूचना-प्रविधि
१६ भदौ, काठमाडौं । चार दिनपछि कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आइतबार दिउँसो २ बजेबाट राजमार्ग एकतर्फी खुला भएको छ । १२ भदौका दिन सुर्खेत–जुम्ला सडक (कर्णाली राजमार्ग) अन्तर्गत शुभकालिका १ गगने खोला, जितेगडा, कालेखोला, दहीखोला लगायत स्थानमा पहिरो जाँदा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । यसले सो भेगको यातायात र ढुवानी सेवा प्रभावित बनेको थियो ।...
नेपाल प्रहरीमा एकैपटक ९० प्रहरी अधिकृतको अवकाश

नेपाल प्रहरीमा एकैपटक ९० प्रहरी अधिकृतको अवकाश

समाचार, सूचना-प्रविधि
१६ भदौ, काठमाडौं। नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । तीमध्ये अधिकांश अधिकृत १६ भदौ (आइतबार) बाट लागू हुने गरी अवकाशमा गएका छन् । प्रहरी सेवामा अवकाशका लागि उमेरहद, सेवाअवधि र पदावधि गरी तीन किसिमको व्यवस्था छ । १६ भदौबाट अवकाशमा जान लागेका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने भन्दै रिट निवेदन दिएका थिए । निवेदनमाथि सुनवाइ गर्दै न्यायाधीश हरि फुयाँलको इजलासले तत्काल ३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन भनेको थियो । तर, त्यसविरुद्ध सरकारले दिएको भ्याकेट निवेदनबाट अन्तरिम आदेश खारेज भएपछि उनीहरु अवकाशमा गएका हुन् । आइतबारबाट अवकाशमा गएकाहरुमा डीआईजी विष्णुकुमार केसीसहित ११ एसएसपीहरु जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मै...
टाटा ‘पन्च ईभी’, नामै काफी

टाटा ‘पन्च ईभी’, नामै काफी

समाचार, सूचना-प्रविधि
१५ भदौ, काठमाडौं । नेपालमा दशकौंदेखि टाटा मोटर्सका गाडी सबैतिर गुडिरहेका देखिन्छन् । नेपाली भूगोल अनुसारका गाडी निर्माण भएकाले पनि भारतीय ब्रान्ड टाटाका गाडी यहाँ चर्चित छ । टाटाका पेट्रोल, डिजेल गाडीले दशकौंदेखि नेपाली बजारमा वर्चश्व कायम गर्दै आएका छन् । प्रविधि विकाससँगै विद्युतीय सवारीसाधन (ईभी) मा पनि पछिल्लो पटक टाटाका गाडीमा आकर्षण देखिएको छ । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा देखिएको आकर्षण त्यसैको एउटा उदाहरण हो । शोमा पुगेकाले पहिलो नजर नै टाटाको पन्च डट ईभीमा पुर्‍याउँछन् । सरल मूल्यमा आकर्षक डिजाइनमा बनेको टाटा ‘पन्च ईभी’ मा देखिएको आकर्षण लोभलाग्दो छ । टाटा मोटर्सले पन्च ईभी लन्च गर्ने बित्तिकै नेपालमा ५ हजारभन्दा धेरै गाडी पारखीले जिज्ञासा राखेको यसको आधिकारिक वितरक सिप्रदीले जानकारी दिएको छ । पन्च ईभी नाडा अटो शोमा पहिलो दिनमै १ सयभन्दा धेरै युनिट बुकिङ भएको...
जापानमा एक्लोपनको गम्भीर समस्या: ४ हजार जनाको शव एक महिनापछि मात्रै भेटियो

जापानमा एक्लोपनको गम्भीर समस्या: ४ हजार जनाको शव एक महिनापछि मात्रै भेटियो

समाचार, सूचना-प्रविधि
१५ भदौ, काठमाडौं । जापानमा यस वर्षको पहिलो ६ महिना अवधिमा ४० हजार जना मानिस घरमै एक्लै मृत फेला परेका छन् । जापान पुलिसले हालै सार्वजनिक गरेको रिपोर्टले एक्लोपनका कारण ठूलो संख्यामा मृत्यु भएको देखाएको हो । जापानको राष्ट्रिय पुलिस एजेन्सीका अनुसार तथ्यांकमध्ये करिब ४ हजार जना मानिसको शव एक महिनापछि मात्रै फेला परेको थियो । १ सय ३० जनाको मृत्यु भएको करिब एक वर्षसम्म पनि थाहा हुन सकेको थिएन । संयुक्त राष्ट्र संघका अनुसार यसबेला जापानमा सबैभन्दा बढी वृद्ध वर्गको जनसंख्या छ । र, त्यहाँ एक्लोपनको गम्भीर समस्याका रुपमा देखा परेको छ । यो रिपोर्ट सार्वजनिक भएसँगै जापानी प्रहरी एजेन्सीले एक्लै बाँच्ने र मर्दा पनि एक्लै हुने गरी पछिल्लो समय जापानमा आइरहेको समस्या उजागर गर्ने विश्वास लिएको छ । जापानको राष्ट्रिय पुलिस एजेन्सीको तथ्यांकअनुसार एक्लै बस्ने करिब ३७ हजार २२७ जना आफ्नै घरमा मृत ...
सडकमा ढल नबनाउँदा बस्ती डुबान

सडकमा ढल नबनाउँदा बस्ती डुबान

समाचार, सूचना-प्रविधि
१५ भदौ, सिरहा । सिरहाको सदरमुकामस्थित बजारसँगै जोडिएको बसबिट्टा बस्ती थोरै बर्खामा पनि डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बस्तीका करिब पाँच सय घरपरिवार बर्सेनि डुबानको समस्यामा पर्दै आएका छन् । बस्तीको पूर्वतर्फ गत वर्ष पक्की सडक बनेसँगै डुबान प्रभावित क्षेत्र झन् विकराल बन्दै गएको स्थानीय पीडित रामविलास यादवले बताए । ‘बस्तीको पूर्वतर्फबाट नाला निर्माण नगरी पक्की सडक बन्यो । त्यसपछि यो वर्ष त पूरै गाउँ सामान्य वर्षामै डुबानमा पर्‍यो’, उनले भने, ‘कति महिनासम्म डुबान रहिरहने हो टुंगो छैन ।’ समस्याको दीर्घकालीन समाधान गर्नतर्फ कसैले ध्यान नदिएको उनको गुनासो छ । बस्तीको पश्चिमतर्फ नजिकै कमला नदीमा रहेको तटबन्धका कारण पानी निकासमा समस्या भएको अर्का स्थानीयवासी राजकुमार यादवको भनाइ छ । ‘एकातर्फ कमला नदीको तटबन्ध छभने अर्कातर्फ बस्तीभन्दा अग्लो गरी पक्की सडक निर्माण गरिएको छ । अनि ...
जलवायुसम्बन्धी आगामी सम्मेलन कोप–२९ ‘फाइनान्स कोप’ हुने

जलवायुसम्बन्धी आगामी सम्मेलन कोप–२९ ‘फाइनान्स कोप’ हुने

समाचार, सूचना-प्रविधि
१५ भदौ, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) ‘जलवायु वित्त’का विषयमा बढी केन्द्रित हुने भएको छ । कोप–२९ आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि मंसिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुँदैछ । यो सम्मेलनमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’का विषय छलफलको सबैभन्दा प्राथमिक सूचीमा रहेकाले पनि यस सम्मेलनलाई फाइनान्स कोप भनिएको हो । वन तथा वतावरण मन्त्रालयको जलवायु परिवर्तत व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले कोप–२९ मा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’ विषयलाई अन्तिम रुपम दिने र रकमको स्रोतसमेत निर्धारण गर्ने काम हुने भएकाले यो सम्मेलन जलवायु वित्तका दृष्टिकोणले महत्वपूर्ण हुने बताए । ‘जलवायु वित्तमा नयाँ सामूहिक परिमाणित लक्ष्य (एनसिक्यूजी) लाई अन...