खेलकुद

आर्सनल र लिभरपुल फराकिलो जितसहित चौथो चरणमा

आर्सनल र लिभरपुल फराकिलो जितसहित चौथो चरणमा

खेलकुद
१० असोज, काठमाडौं । प्रिमियर लिग क्लबद्वय आर्सनल र लिभरपुल फराकिलो अन्तरको जित निकाल्दै इंग्लिस क्लबको चौथो चरणमा प्रवेश गरेको छ । आर्सनलले तेस्रो चरणमा तेस्रो श्रेणीको क्लब बोल्टन वान्डर्सलाई ५–१ ले पराजित गरेको हो । आर्सनलका लाथि एथान नवानेरीले दुई तथा डेक्लान राइस, रहिम स्टर्लिङ र काभ हाभार्टले एक–एक गोल गरे । बोल्टनका आरोन जोन कोलिन्सले एक गोल फर्काए । यस्तै अर्को खेलमा लिभरपुलले प्रिमियर लिगकै वेष्टहम युनाइटेडलाई ५–१ ले नै हरायो । लिभरपुलका लागि डिएगो जोटा र कोडी गाक्पोले २–२ गोल गर्दा मोहमद सालाहले एक गोल गरे । लिग कपको चौथो चरणको ड्र पनि गएराति नै सार्वजनिक भएको छ । चौथो चरणमा अब लिभरपुलले ब्राइटनको भ्रमण गर्नेछ । यस्तै आर्सनलले प्रेस्टनसँग खेल्नेछ भने प्रिमियर लिगका दुई क्लब म्यानचेष्टर सिटी र टोटनहम चौथो चरणमै भिड्नेछन् । म्यानचेष्टर युनाइटेडले लेस्टरसँग प्रति...
एएफसी यु-२० एसियन कप छनोटमा नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित

एएफसी यु-२० एसियन कप छनोटमा नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित

खेलकुद, समाचार
९ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु-२० एसियन कप फुटबल छनोटको आफ्नो तेस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित भएको छ । न्यू ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको खेलमा पहिलो २० मिनेटपछि नै नेपाल दश खेलाडीमा समेटिएपछि उज्वेकिस्तानले त्यसको फाइदा उठायो । नेपालका सविन घिमिरेले बल रोक्ने क्रममा बल हातले रोकेपछि उनले सिधै रातो कार्ड सामना गरेका थिए । त्यसका उज्वेकिस्तानले पेनाल्टी पाएको थियो । तर उरिनबोएभको पेनाल्टी प्रहार नेपालका गोलकिपर जियरात शेखले बचाएका थिए । तर साइदुमार्खोन साइदनुरल्लायभले २४ औं र २७ औं मिनेटमा लगातार गोल गर्दै उज्वेकिस्तानलाई २-० को अग्रता दिलाए । २९ औं मसनेटमा नुर्लान इब्राइमोभले गोल गरेपछि उज्वेकिस्तानले पहिलो हाफमा ३-० को अग्रता बनायो । नेपालले रक्षात्मक खेल्दै उज्वेकिस्तानलाई रोक्ने प्रयास गरेपनि दोस्रो हाफमा ...
साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

खेलकुद, समाचार
९ असोज, काठमाडौं । भुटानमा जारी साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । यसअघिका दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने अवस्था छ । भुटान र पाकिस्तानले समूह बी मा अपराजित रहँदै समान ४ अंक जोडेका छन् । गोलअन्तरमा भुटान शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । दुई खेलबाट ३ अंकसहित नेपाल तेस्रो स्थानमा छ । भुटानलाई पराजित गरेमा नेपाल शीर्ष दुईमा रहेर सेमिफाइनल प्रवेश गर्नेछ । अर्को खेलमा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका यसअघिका दुवै खेलमा पराजित हुँदै एक खेल अघि नै समूह चरणबाट बाहिरिसकेको छ । पाकिस्तान र भुटानका लाग...
साफ महिला च्याम्पियनसिपका लागि ४० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

साफ महिला च्याम्पियनसिपका लागि ४० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

खेलकुद, समाचार
८ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा हुने साफ महिला च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जारी एन्फा लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । साफ महिला च्याम्पियनसिप अक्टोबर १७-३० सम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ। साविक उपविजेता नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान समूह ए मा छन् भने साविक विजेता बंगलादेश, भारत र पाकिस्तान समूह बी मा छन् । बन्द प्रशिक्षणमा एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गीता राणा, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राणा, विमला वि.कलाई बोलाइएको छ । त्यस्तै हीराकुमारी भुजेल, प्रतीक्षा चौधरी, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की पनि बन्द प्रशिक्ष...
चन्द्राको ह्याट्रिकपछि वालिङमाथि आर्मीको फराकिलो जित

चन्द्राको ह्याट्रिकपछि वालिङमाथि आर्मीको फराकिलो जित

खेलकुद, समाचार
८ असोज, काठमाडौं । चन्द्रा भण्डारीले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा मंगलबार वालिङ नगरपालिकालाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा आर्मीलाई जिताउन चन्द्र भण्डारीले ४२ औं, ५४ औं र ७३ औं मिनेटमा गोल गरिन् । विमला विकले ३८ औं र ९० औं मिनेटमा तथा अमिशा कार्कीले ६१ औं र ७१ औं मिनेटमा गरी २/२ गोल गरे । वालिङकी खेलाडी फतुमाले एक आत्मघाती गोल गरिन् । जितपछि ८ खेलबाट १९ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ । पराजित वालिङ समान खेलबाट १२ अंकसहित चौथो स्थानमा छ । @अनलाइनखबर...
लिग २ मा नेपालले आज ओमानसँग खेल्दै

लिग २ मा नेपालले आज ओमानसँग खेल्दै

खेलकुद, समाचार
८ असोज, काठमाडौं । आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार किंग्स सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । क्यानडा भ्रमणका क्रममा लगातार तीन खेलमा पराजित भएको नेपालले आजको खेल जित्दै शृङ्खलाको सुखद् अन्त्य गर्न चाहन्छ । पहिलो खेलमा नेपाल क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा ओमानसँग एक विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा क्यानडासँगै ५ विकेटले पराजित भएको थियो । यो ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी-२० सिरिज पनि खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ । यो सिरिज सकेर नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज हुनेछ । @अनलाइनखबर...
सिटीबाट १०० गोल गरेका हालान्डले अझै बनाउन सक्छन् यी कीर्तिमान

सिटीबाट १०० गोल गरेका हालान्डले अझै बनाउन सक्छन् यी कीर्तिमान

खेलकुद
७ असोज, काठमाडौं । आइतबार राति प्रिमियर लिगमा आर्सनलविरुद्धको खेलमा गोल गर्दै म्यानचेष्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले १०० औं गोल पूरा गरे । नर्वेजियन स्ट्राइकरले सिटीका लागि १०५ औं खेल खेल्दै १०० गोल पूरा गरेका हुन् । हालान्डले सिटी पुगेको दुई वर्षमै यो उपलब्धी हासिल गरेका हुन् । घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलको नवौँ मिनेटमै हालान्डले साभिन्होको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस सिजन हालान्ड गज्जबको लयमा देखिएका छन् । उनले लिगको सुरुवाती ५ खेलमै १० गोल गरिसकेका छन् । सन् १९३० मा एस्टन भिल्लाका पोङ्गो वारिङ पछि इंग्लिस शीर्ष डिभिजनमा यो नै उत्कृष्ट सुरुवात हो । २४ वर्षका हालान्डले मोल्डे, रेडबुल साल्जवर्ग, बोरुसिया डर्टमण्ड र सिटीका लागि क्लब करियरमा २३५ गोल गरिसकेका छन् । उनले नर्वेको राष्ट्रिय टिमका लागि ३२ गोल गरेका छन् । उनले युरोपको शीर्ष पाँच...
साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

खेलकुद, समाचार
७ असोज, काठमाडौं । भुटानमा भइरहेको साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । समूह बी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको थियो । त्यसैले सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न नेपालले श्रीलंकालाई हराउनैपर्ने बाध्यता छ । श्रीलंकाको लागि पनि आजको खेल जित्नैपर्ने अवस्था छ । श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५-१ ले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल बुधबार भुटानसँग खेल्नेछ । @अनलाइनखबर...
एसिया सिनियर करातें च्याम्पियनसिप : स्वर्णबाट चुकिन् एरिका

एसिया सिनियर करातें च्याम्पियनसिप : स्वर्णबाट चुकिन् एरिका

खेलकुद, समाचार
६ असोज, काठमाडौं । २०औं एसिया सिनियर करातें च्याम्पियनसिपमा फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग पराजित हुँदै नेपालकी एरिका गुरुङ रजत पदकमा सीमित भएकी छिन् । चीनको हाङ्जाउमा भएको च्याम्पियनसिपको ६८ केजी माथि तौल समुहको फाइनलमा खेलमा भियतनामकी खेलाडीसँग ६–० ले पराजित भएकी हुन् । उनले प्राप्त गरेको रजत पदक पनि नेपालका लागि ऐतिहासिक पदक हो । एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो । अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर च्याम्पियनसिपमा पदक जिन सकेका थिएनन् । प्रि क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरियन्ने ब्रिटोलाई ४–० ले पराजित गरेकी एरिकाले क्वाटरफाइनलमा सोफिया बेरुल्टसेभालाई हराएकी थिइन् । १९औं एसियन गेम्समा उनैसँग पराजित हुँदै रजतमा चित्त बुझाएकी एरिकाले उनै खेलाडीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेकी थिइन् । उनले सेमिफाइन...
एनपीएलमा खेलाडीले आफ्नो ग्रेड आफैं रोज्न पाउने

एनपीएलमा खेलाडीले आफ्नो ग्रेड आफैं रोज्न पाउने

खेलकुद, समाचार
६ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि खेलाडीले आफ्नो नाम जुनसुकै ग्रेडमा पनि दर्ता गराउन पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले असोज १२ सम्मको समय खेलाडी दर्ताका लागि खुला गरेको छ । खेलाडीले आफ्नो नाम ए, बी र सी ग्रेडमा दर्ता गराउन पाउनेछन् । सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख, बी को ५ लाख र ए को १० लाख रुपैयाँ तोकिएको छ । सी ग्रेडका खेलाडीले उच्चतम ५ लाख, बी ग्रेडकाले १० लाख र ए ग्रेडका खेलाडीले १५ लाख तोकिएको छ । उच्चतम मूल्यमा पुगेपछि चिट्ठाबाट खेलाडी छनोट हुनेछन् । नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले खेलाडीले आफ्नो विवेक अनुसार कुनैपनि ग्रेडमा नाम समावेश गर्न सक्ने बताए । ‘खेलाडीले आफ्नो विवेक अनुसार ग्रेडमा नाम दर्ता गराउन सक्छन् । हामीले नेपालबाट यति खेलेको भन्ने राखेको छैनौं । हामीले ग्रेड निर्धारण गर्दा खेलाडी मर्कामा प...