शिक्षा

मकवानपुरमा पहिरो खसेर स्कुल भत्कायो

मकवानपुरमा पहिरो खसेर स्कुल भत्कायो

शिक्षा, समाचार, स्थानिय तह / प्रदेश
१३ भदौ, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा पहिरोले पुरिएर विद्यालय भत्किएको छ । बकैया गाउँपालिका-१२ कोलखोपमा रहेको श्री प्राथमिक विद्यालय कोलखोपको स्कुल मंगलबार गएको पहिरोले क्षति पुर्‍याएको हो । अविरल वर्षाको कारण माथिबाट झरेको पहिरोले विद्यालयको दुई वटा कोठामा क्षति पुगेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पहिरोले विद्यालयको २ वटा कोठा भत्काएको उनको भनाइ छ । डीएसपी भण्डारीका अनुसार पहिरोले पुरिँदा कोठाभित्र रहेको फर्निचर र फाइलहरु पूर्ण रुपमा क्षति भएको र भवनसँग जोडिएको शौचालयमा पनि आंशिक क्षति पुर्‍याएको छ । मंगलबार साँझ ६ बजे गएको पहिरोले विद्यालय भत्किएको जानकारी बुधबार दिउँसोमात्रै प्राप्त भएको भण्डारीले बताए ।...
दियो ४२ करोडको छात्रवृत्ति जापानले

दियो ४२ करोडको छात्रवृत्ति जापानले

अन्तर्राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौँ — जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति (जेडीएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई ४२ करोड ३० लाख रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । बुधबार नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । छात्रवृत्ति कार्यक्रमअन्तर्गत नेपाल सरकारका प्रतिस्पर्धी युवा अधिकृत कर्मचारीले जापानका विभिन्न विश्वविद्यालयहरूमा दुई वर्षको स्नातकोत्तर (मास्टर्स) तह तथा ३ वर्षको विद्यावारिधि (पीएचडी) तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् । सन् २०१६ देखि उपलब्ध हुँदै आएको यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत यसपूर्व १ सय ६५ विद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन् भने नयाँ सम्झौताअन्तर्गत थप २२ विद्यार्थीले अध्ययनका लागि छात्रवृत्ति प्राप...
हेटौंडाका दुई पुराना विद्यालय मर्ज गर्ने तयारी

हेटौंडाका दुई पुराना विद्यालय मर्ज गर्ने तयारी

शिक्षा, समाचार, सूचना-प्रविधि
१२ भदौ, हेटौंडा । हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकृत (मर्ज) गरी सञ्चालन गर्ने गृहकार्य अघि बढेको छ । शिक्षा मन्त्रालयले ‘बिग स्कूल’ को अवधारणामा छलफल चलाउन थालेपछि हेटौंडाका दुई ठूला भुटनदेवी मावि (प्राविधिक शिक्षालय) र आधुनिक राष्ट्रिय मावि एकीकृत गर्ने विषयमा छलफल सुरु भएको हो । यी दुवै विद्यालय हेटौंडाको ४ नम्बर वडामा सँगै जोडिएको अवस्थामा छन् । बजारको मध्यभागमा रहेका दुवै विद्यालयलाई एउटा पर्खालले मात्रै छेकेको छ । यी दुई विद्यालयसँगै सामुदायिक शैक्षिक संस्था हेटौंडा क्याम्पस छ । हेटौंडा उपमहानगरपालिका–४ का वडाअध्यक्ष नवीन सिग्देलले दुई विद्यालय एकीकृत गरी ‘मेघा विद्यालय’ बनाउने अवधारणा अगाडि बढाइएको बताए । उनी भुटनदेबी मावि व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । ‘आधुनिक र भुटनदेवी एकीकृत गरी ‘मेघा विद्यालय’ को अवधारणामा सञ्चालन गर्ने विषयमा सरोकारवाला ...
फेरि घटायो अष्ट्रेलियाले विदेशी विद्यार्थीको कोटा

फेरि घटायो अष्ट्रेलियाले विदेशी विद्यार्थीको कोटा

अन्तर्राष्ट्रिय, शिक्षा, समाचार, सूचना-प्रविधि
११ भदौ, काठमाडौं । अष्ट्रेलियाले विदेशी विद्यार्थीको सङ्ख्यामा पुनः कटौती गरेको छ । नयाँ निर्णयअनुसार सन् २०२५ मा अष्ट्रेलियाले दुई लाख ७० हजार विदेशी विद्यार्थीलाई मात्रै अध्ययन भिसा दिनेछ । बेलायत र क्यानडाले जस्तै आप्रवासी विद्यार्थी नियन्त्रणको नीति लिएको अष्ट्रेलियाले विदेशबाट आउने विद्यार्थीको संख्या न्यूनीकरण गर्ने निर्णय यसअघि पनि गरेको थियो । शिक्षामन्त्री जेसन क्लेयरले मंगलबारको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि तोकिएको सीमाबारे बताए । शिक्षामन्त्री क्लेयरले सरकारले तय गरेको नयाँ सीमाबारे विश्वविद्यालयहरूलाई सूचना दिने पनि बताएका छन् । उनका अनुसार नयाँ सीमा अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या विश्वविद्यालयका लागि १ लाख ४५ हजार र व्यवहारिक र सीपमा आधारित पाठ्यक्रमका लागि ९५ हजारसम्म सीमित गरिने छ । कोरोना महामारीपछि अष्ट्रेलियाले लचिलो नीति...
२२ औं जन्मदिनमा सुशान्तले गरे सामाजिक कार्य संगै आर्थिक सहयोग

२२ औं जन्मदिनमा सुशान्तले गरे सामाजिक कार्य संगै आर्थिक सहयोग

शिक्षा, समाचार, समाज, समाज / जिवनशैली
भाद्र ७, बुटवल । एक उदाहरणीय कार्य, जस्ले करिब दुइवर्ष देखी अलपत्र अवस्थामा रहेको घर आफ्नो जन्मदिनको अवसर पारेर उक्त घर निर्माण सम्पन्न गर्न आर्थिक सहयोग गरेका छन्। रुपन्देहीको सुद्धोधन गाउँपालिका बस्ने सुशान्त आचार्यले भाद्र ६ गते आफ्नो २२ औं जन्मोत्सवको अवसर पारेर विभिन्न सामाजिक कार्य एवम् आर्थिक सहयोग गरेका छ । दुःखमा परेका केशब थारुको घर जग उठाएर पनि आर्थिक समस्या भएकै कारण अलपत्र परेको अवस्थामा थियो। उक्त अलपत्र परेको घरमा ६० हजार भन्दा धेरै आफ्नो लगानी गर्दै घर निर्माण गरेर हस्तान्तरण गरेका छन् । त्यस्तै उनले शुद्धोधन गाउँपालिका आयुर्वेद सेवा शाखा र पशु सेवा शाखाको प्राङ्गणमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन । श्री समैदेवी प्राथमिक विद्यालय शुद्धोधन २ कोलुवा रुपन्देही का विद्यार्थीहरूलाई कपी कलम समेत सहयोग गरेका छन । जन्मदिनको अवसरमा आचार्यले ७० जना विद्य...
जाजरकोटका शिक्षक नेपालगञ्जबाट दुई सातादेखि बेपत्ता

जाजरकोटका शिक्षक नेपालगञ्जबाट दुई सातादेखि बेपत्ता

शिक्षा, समाचार
५ भदौ, कर्णाली । जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन् । शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालयमा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन् । उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए । साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै नेपालगञ्ज गएका उनका ज्वाइँ गोपी सिंहले जानकारी दिए । ‘साउनमा विद्यालय बिदा भएकाले भारतमा म काम गर्ने मोडर्न फेसन सुपर मार्केटमा केही कपडा तथा सामग्री लिन जाउँ भनेर हामी १७ गते दैलेखी मीना होटलमा पुगेका हौँ । जेठान दाइले जुम्लाबाट ४० हजार पठाउँदै हुनुहुन्छ भनेपछि पर्खिँदा धेरै बसाइ भयो । २५ गते दिनभरि कोठामा सुतेर बेलुका ४ बजे बाहिर निस्केपछि उहाँ फर्कनुभएको छैन’, सिंहले भने । गत साउन २६ गतेसम्म आउँछन्...
कैलालीका केही सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा

कैलालीका केही सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा

शिक्षा, समाचार
२९ साउन, कैलाली । कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याएका छन् । यसले अब कक्षा १ देखि ३ सम्म प्रश्नपत्रबिनै निरन्तर मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन हुनेछ । कैलालीको टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा १ देखि ३ मा पूर्ण रूपमा यो प्रणाली लागू गरेका छन् । टीकापुरले यसै वर्षदेखि कक्षा १ देखि ३ पूर्ण रूपमा निरन्तर मूल्यांकन लागू गरेको हो । कक्षा १ देखि ३ सम्मको आउने भदौ ४ गतेदेखि हुने सामुदायिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माण नगर्ने र निरन्तर मूल्यांकनका आधारमा मूल्यांकन गरिने शिक्षा अधिकृत नरेश अवस्थी बताउँछन् । ‘अब हामीले ३ कक्षासम्म प्रश्नपत्र बनाउने, परीक्षा लिने काम गर्दैनौँ, निरन्तर मूल्याकंकनका आधारमा उहाँहरूको नतिजा आउनेछ’, अवस्थी भन्छन्, ‘साना नानीबाबुको केही समयको परीक्षाले मूल्याकंन ह...
९ कक्षा पढिरहेका नवीन भन्छन् : ६२ वर्षमा एमबीबीएस गरिएला नि !

९ कक्षा पढिरहेका नवीन भन्छन् : ६२ वर्षमा एमबीबीएस गरिएला नि !

शिक्षा, समाचार
२४ साउन, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका ५१ वर्षीय नवीन भट्टको दैनिकी अचेल केही फेरिएको छ । दुई छोरा र एक छोरीलाई हुर्काइसकेका उनी स्कुल जान थालेका छन् । पढ्ने उमेरमा घरायसी समस्याका कारण विद्यालय शिक्षा पूरा गर्न नसकेका भट्टलाई यतिबेला फेरि पढ्ने रहर जागेपछि स्कुल भर्ना भएका हुन् । पढ्ने इच्छा पूरा गर्न चालु शैक्षिक सत्रदेखि घर छोडेर गोरखा नगरपालिका–६, स्थित शक्ति माध्यमिक विद्यालयमा कक्षा ९ भर्ना भएका छन् । भट्ट स्कुलमै बसेर पढ्ने व्यवस्था मिलाएका छन् । ‘अहिले म मेरा छोराछोरीसरहका साथी र शिक्षकसँग पढिरहेको छु,’ उनले भने, ‘शिक्षक तथा साथीभाइको सहयोगले पढ्नका लागि निकै सहज भएको पनि छ ।’ बुढेसकालमा पढ्न थालेको भन्दै कतिपयले आफ्नो कुरा समेत काट्ने गरेको नवीनले बताए । ‘जसले जे–जे भने पनि मलाई पढेर चिकित्सक बनेर सबैको सेवा गर्ने ठूलो धोको छ’, नवीन भन...
एसईईको पूरक परीक्षा आजदेखि

एसईईको पूरक परीक्षा आजदेखि

शिक्षा, समाचार
२३ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पूरक परीक्षा दिन पाउने छैनन् । यस वर्ष एनजी ल्याएका ५२ हजार विद्यार्थीहरु छन् । तर सबैले पूरक परीक्षाको फारम नभरेको हुनसक्ने भएकाले त्यो संख्यामा केही फरक पर्नसक्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । पूरक परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने छ । त्यसका लागि ५५० केन्द्र तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०८० चैत १५ गतेदेखि भएको एसईई परीक्षाको नतिजा १३ असारमा सार्वजनिक गरेको थियो । बोर्डले यस वर्ष लेटर ...
दरबन्दी अनुसार शिक्षक माग्दै मौलापुरकी मेयरले बुझाइन् ज्ञापनपत्र

दरबन्दी अनुसार शिक्षक माग्दै मौलापुरकी मेयरले बुझाइन् ज्ञापनपत्र

शिक्षा, समाचार
१४ साउन, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले विद्यार्थी संख्याको अनुपातमा शिक्षकको माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएकी छन् । सोमबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर मेयर साहले रिक्त रहेको शिक्षक दरबन्दीमा तत्काल पदपूर्ति गर्नुपर्ने माग गरेकी हुन् । तहगत र विषयगत अपुग शिक्षक तत्काल पदपूर्ति नगरिए भदौ महिनादेखि मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको पठनपाठन बन्द गर्ने चेतावनी समेत मेयर साहले दिएकी छन् । उनका अनुसार मौलापुर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा ८ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । शिक्षक दरबन्दी १६० हुनुपर्नेमा मौलापुरमा ५८ शिक्षक मात्रै रहेका छन् । मौलापुरमा १०२ जना शिक्षक दरबन्दी अपुग रहेको मेयर साहले बताएकी छन् । ‘शिक्षा मन्त्रालयले अपुग शिक्षकको व्यवस्था गर्नुप...