शिक्षा

एसईईको मौका परीक्षामा ९० हजार विद्यार्थी फेल

एसईईको मौका परीक्षामा ९० हजार विद्यार्थी फेल

शिक्षा, समाचार
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक ग्रेड वृद्धि परीक्षा (मौका परीक्षा) मा ९० हजार विद्यार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको मौका परीक्षाको नतिजा अनुसार ९० हजार ८९६ विद्यार्थी फेल भएका हुन् । गत साउन २३ देखि ३१ गतेसम्म लिइएको ग्रेड वृद्धि परीक्षामा दुई लाख १० हजार ३२१ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये एक लाख १९ हजार ४२५ विद्यार्थीले मात्रै ग्रेड प्राप्त गरेका छन् । अर्थात ५६.७८ प्रतिशत विद्यार्थी पास भएका छन् । गत चैतमा लिइएको परीक्षामा दुई लाख २२ हजार ४७२ जना विद्यार्थीले ग्रेड प्राप्त गरेका थिए । त्यसपछि साउनमा लिएको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार ४२५ विद्यार्थीले ग्रेड प्राप्त गरेका थिए । गत वर्षको एसईईमा तीन लाख ४१ हजार ८९७ विद्यार्थी कक्षा ११ पढ्न योग्य भएका छन् । पूरकको एनजीसहित एक लाख २२ हजार ८८८ विद्यार्थी ११ पढ्न अयोग्य भएका ...
त्रिविमा ०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षा, एआई प्रयोग गरे परीक्षा रद्द

त्रिविमा ०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षा, एआई प्रयोग गरे परीक्षा रद्द

शिक्षा, समाचार
८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले मौका परीक्षाको अवसर पाउने भएका छन् । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले सो निर्णय गरेको हो । समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुको हकमा एकपटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो । यसैगरी बैठकले त्रिविको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने निर्णय पनि गरेको छ । @अनलाइनखबर...
यो वर्ष एसईईको नतिजा २२ प्रतिशतले सुधार गर्छौँ : प्रधानमन्त्री ओली

यो वर्ष एसईईको नतिजा २२ प्रतिशतले सुधार गर्छौँ : प्रधानमन्त्री ओली

शिक्षा, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको क्षेत्रमा पछाडि परेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालीहरू शिक्षा क्षेत्रमा पछाडि परेको बताएका हुन। 'हामी शिक्षा पछाडि परेका छौ। सीपमा पछाडि परेका छौ। खोज अनुसन्धानमा पछाडि परेका छौ। यसमा हामीले विशेष काम गर्नुपर्छ,' प्रधानमन्त्री ओलीले भने। एसईईमा रहेको कमजोर नतिजा यो वर्ष नै करिब ७० प्रतिशतमा पुर्याउनेगरी काम भइरहेको बताए। ४८ प्रतिशतमा रहेको एसईईको पासदर यो वर्ष नै बढाएर ७० प्रतिशत पुर्याउनेगरी सरकारले काम थालेको बताए। 'हुन त केही विद्वान मित्रहरूले भन्ने गरेका पनि छन्। तर हामी अनलाइन कक्षा चलाएर यो वर्ष नै २२ प्रतिशत नतिजा सुधार गर्छौँ । हामीले त्यस्तो भनिरहँदा विद्वान मित्रहरू विरोध गर्न थालेका छन्। हुन त उहाँहरूको कामै त्यही हो। हामी यही वर्ष नै २२ प्रतिशत सुधार ग...
शिक्षा दिवसमा सरकारले घोषणा गर्‍यो पदक र पुरस्कार, वितरणको टुंगो छैन

शिक्षा दिवसमा सरकारले घोषणा गर्‍यो पदक र पुरस्कार, वितरणको टुंगो छैन

शिक्षा, समाचार
२ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ । भदौ ३१ गते बसेको मन्त्रीस्तरीय बैठकले पदक तथा विभूषणको छनोट गरेको हो । तर आर्थिक अभाव जनाउँदै पुरस्कार तथा पदक वितरण भने टुंगो नलागेको मन्त्रालयले जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस वर्ष त्रिभुवन विश्वविद्यालयको सामुदायिकतर्फ ललितपुर, चापागाउँको श्री जनभावना क्याम्पस र निजीतर्फ सोल्टीमोड काठमाडौंको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइसेन्स उत्कृष्ट ठहरिएका छन् । पोखरा विश्वविद्यालय मातहतको आंगिक क्याम्पसतर्फको उत्कृष्ट कास्कीको स्कुल अफ बिजनेस चुनिएको छ । उत्कृष्ट बनेका ३ वटै क्याम्पसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ लाख ५० हजार रुपैयाँसहित पुरस्कृत गर्नेछ । त्यस्तै, व...
साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी सुरू

साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी सुरू

शिक्षा, समाचार
१ असोज, ललितपुर। ‘कालजयी कृति, पाठकका निम्ति’ भन्ने नाराका साथ साझा प्रकाशनमा विशेष पुस्तक प्रदर्शनी सुरु भएको छ । साझा प्रकाशनका पूर्वमहाप्रबन्धक तथा प्रमुख सल्लाहकार डा तुलसी भट्टराईले आज केन्द्रीय कार्यालय पुलचोकमा प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीको उद्घाटन पश्चात् डा.भट्टराईले पढ्ने संस्कृति हराउँदै गएको वर्तमानयुगमा पुस्तक प्रदर्शनीले ठूलो योगदान पुर्‍याउने बताए । ‘विद्यालय, महाविद्यालय, क्याम्पसले विद्यार्थीलाई यस्ता प्रदर्शनीमा सहभागी गराउन सके राम्रो हुन्छ, यसले पुस्तकको सार्थकता वृद्धि हुनुका साथै लेखकलाई परिचित गराउन मद्दत पु-याउँछ’, उनले भने । उनले पठन संस्कृतिको विकास हुनु भनेको शिक्षाको विकास हुनु भएको बताए । शिक्षा र संस्कृतिमा मुलुक समृद्ध नभएसम्म आर्थिक समृद्धिले मात्रै पर्याप्त हुन नसक्ने उनको धारणा थियो । साहित्यकार डा. माया ठकुरीले साहित्यकारका लागि पुस्तक प्...
डिजिटल साक्षरता विकास गर्नुपर्नेमा शिक्षामन्त्रीको जोड

डिजिटल साक्षरता विकास गर्नुपर्नेमा शिक्षामन्त्रीको जोड

शिक्षा, समाचार
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले डिजिटल साक्षरता विकास गर्नुपर्नेमा जोड दिएकी छन् । आजको विज्ञान प्रविधिको युगमा नेपालका समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रवर्द्धन गरी राष्ट्रिय उत्पादन बढाउनुपर्नेमा जोड दिइन् । त्यसका लागि डिजिटल साक्षरता विकास गर्नुपर्ने बताएकी हुन् । विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अनुसन्धानलाई उत्पादनसँग जोडेर दिगो पूर्वाधारको विकास गर्नुपर्ने बताइन् । त्यसका लागि विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सके विज्ञान दिवस मनाउनुको सार्थकता हुने उनले बताइन् । विज्ञान तथा प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष कोषको स्थापना गरी सञ्चालन गर्न देशको बजेटको दुई प्रतिशत रकम छुट्याउने नीति रहेको उनले बताइन् । वार्षिक पुँजीगत बजेटको एक प्रतिशत रकम अनु...
शिक्षा दिवसमा पदक पाउनेको नाम सार्वजनिक गरिने

शिक्षा दिवसमा पदक पाउनेको नाम सार्वजनिक गरिने

शिक्षा, समाचार
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसमा विभिन्न पदक पाउनेहरूको नाम सार्वजनिक गर्ने भएको छ । असोज २ गते आयोजना हुने राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्याभूषण पाउनेहरूको नाम कार्यक्रम पुस्तिकामा मात्रै प्रकाशित गरिने मन्त्रालयले जनाएको छ । उनीहरूको पदक र प्रमाणपत्र वितरण कार्यक्रमको मिति भने पछि तय हुनेछ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्र्दै नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ एवं छात्रा पुरस्कारका लागि आवेदन माग गरेको थियो । तर, अर्थ मन्त्रालयले पदकका लागि आवश्यक पर्ने बजेट उपलब्ध नगराएपछि यो वर्ष पनि पदक नदिई घोषणा मात्रै गर्न लागिएको हो । गत वर्ष समेत अर्थ मन्त्रालयबाट आवश्यक बजेटको व्यवस्थापन नहुँदा पदक मात्रै घोषणा गरिएको थियो । @रातोपाटी...
शिक्षा मन्त्रालयको सूचनाप्रति बंगलादेशमा मेडिकल शिक्षा पढेका विद्यार्थीहरूको आपत्ति

शिक्षा मन्त्रालयको सूचनाप्रति बंगलादेशमा मेडिकल शिक्षा पढेका विद्यार्थीहरूको आपत्ति

शिक्षा, समाचार
काठमाडौँ । नेपालमै ईन्टर्नसीपको माग गर्दै आएका मेडिकल शिक्षा पढेका विद्यार्थीहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनापछि थप आक्रोशित बनेका छन् । बंगलादेशमा मेडिकल शिक्षाको कोर्स पुरा गरेर नेपालमै इन्टर्नसीपको व्यवस्था मिलाउन माग गर्दै आएका उनीहरू शिक्षा मन्त्रालयको सूचनापछि आक्रोशित बनेका हुन् । बंगलादेशमा कोटा विरोधी आन्दोलनका कारण इन्टर्नसीप गर्न नपाएर नेपाल फर्किएका करिब अढाई सयको हाराहारीमा रहेका एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरूले नेपालमै इन्टर्नसीपको माग गर्दै आएका थिए । तर, शिक्षा मन्त्रालयले बंगलादेशस्थित सम्बन्धित कलेजले तोकेको कलेजमा मात्रै इन्टर्नसीप गर्नुपर्ने भन्दै सूचना जारी गरेको थियो । उक्त सूचनाको विरोधमा नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन,बंगलादेशले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । एसोसिएसनका अध्यक्ष डाक्टर नवीन यादवले परराष्ट्र मन्त्राल...
विश्वविद्यालय तथा प्रतिष्ठान पदाधिकारी मापदण्डअनुरुप नभए फेरि अनसन बस्ने डा केसीको चेतावनी

विश्वविद्यालय तथा प्रतिष्ठान पदाधिकारी मापदण्डअनुरुप नभए फेरि अनसन बस्ने डा केसीको चेतावनी

शिक्षा, समाचार
२० भदौ, काठमाडौं । विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डअनुसार नभए फेरि अनसन बस्ने डा गोविन्द केसीले चेतावनी दिएका छन् । केसीले आज एक प्रेस विज्ञप्ति जारी गरी प्रस्तावित उच्च शिक्षा ऐन पारित नहुँदासम्म मापदण्ड अनुरुप गर्नुपर्ने सम्झौता अक्षरश: पालना हुनुपर्ने माग गरेका हुन् । डा केसीले गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरून्त सञ्चालनमा ल्याउने, मधेस, गण्डकी प्रदेश तथा इलाम, उदयपुर र डडेलधुरामा तुरुन्त सरकारी मेडिकल कलेज तथा प्रतिष्ठान निर्माण सुरु गर्नुपर्ने माग राखेका छन् । त्यस्तै विश्वविद्यालय तथा प्रतिष्ठानमा योग्यताको आधारमा पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी र एकीकृत स्वास्थ विज्ञान प्रतिष्ठान ऐन लागु गर्न विगतमा भएका सम्झौताहरु कार्यान्यवन गर्न मार गरेका छन् । ‘त्यस्तै सबै नेपालीलाई नि:शुल्क औषधि-उपचारको व्यवस्था, सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थ...
सांसदका स्वकीय सचिव : ८ कक्षा पढेकालाई अधिकृतको तलब !

सांसदका स्वकीय सचिव : ८ कक्षा पढेकालाई अधिकृतको तलब !

शिक्षा, समाचार
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका निजी सचिव हुन्, सिन्धुपाल्चोकका विष्णुप्रसाद सापकोटा । संसद् सचिवालयबाट उनले सहसचिव सरहको सेवा–सुविधा पाउँछन् । एउटा सरकारी गाडी र राजेन्द्र श्रेष्ठ नाम गरेका चालक सुविधा पनि उनले लिएका छन् । संसद् सचिवालयका स्थायी कर्मचारी सरह उनले यसपालि एक महिनाको तलब बराबरको बजेट भत्ता पनि बुझिसके । तर, उनको शैक्षिक योग्यता भने १२ कक्षासम्म मात्रै छ । आफूले संसद् सचिवालयमा जे विवरण बुझाएको छ त्यही नै आफ्नो योग्यता भएको उनले बताए । उनी भन्छन्, ‘मैले प्लस टूसम्म पढेको छु ।’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेका निजी सचिव तेजप्रकाश भट्टराईले पनि राष्ट्रिय सभाका अध्यक्ष दाहालका निजी सचिव सापकोटाले जस्तै सेवा–सुविधा पाइरहेका छन् । गाडी, चालक अनिल ढकाल र इन्धन सुविधा लिइरहेका उनले पनि नियम विपरीत बजेट भत्ता लिइसकेका छन् । संसद् सचिवालयले उपलब्ध गराएको उनको य...