स्थानिय तह / प्रदेश

मदन भण्डारी मेमोरियल कलेजमा भोलिदेखि ‘एमबिएमसी आइडिया एक्स २०२४’ हुने

मदन भण्डारी मेमोरियल कलेजमा भोलिदेखि ‘एमबिएमसी आइडिया एक्स २०२४’ हुने

समाचार, स्थानिय तह / प्रदेश
१० असोज, काठमाडौं। मदन भण्डारी मेमोरियल कलेजले सूचना प्रविधिमा अध्‍ययनरत विद्यार्थीहरूको प्रतिभा उजागर गराउन ‘एमबिएमसी आइडिया एक्स २०२४’ आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्‍मेलन गरी भोलिदेखि (असोज११- १३ गतेसम्म) दोस्रो संस्करणको हृयाकाथन गर्न लागिएको मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले जानकारी दिए । यसअघि पहिलो संस्करण गत वर्ष २०८० असोज १९ देखि २१ गतेसम्म सञ्चालन भएको थियो । उक्त संस्करणमा आदिवासी भाषाहरूको संरक्षण, प्रवद्र्धन र पुनरुत्थान गर्ने लक्ष्य राखिएको थियो । ‘भाषा जीवन हो, जीवन नै भाषा हो’ भन्ने मूल नाराका साथ ग्ल्भ्क्ऋइ नेपालसँगको सहकार्यमा देशभरिबाट ५० भन्दा बढी प्रतिस्पर्धीहरूको सहभागितामा ४८ घण्टाको अनसाइट ज्बअपबतजयल सम्पन्न गरिएको थियो । ‘ह्याकाथनमा नेपाल र विदेशका गरि कुल २३ टिम सहभागी रहने छन । जसमा एक सय भन्दा बढि विद्यार्थीको ...
भुक्तानी नदिए सशक्त आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको चेतावनी

भुक्तानी नदिए सशक्त आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको चेतावनी

समाचार, स्थानिय तह / प्रदेश
१० असोज, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण पूरा भएका विकास आयोजनाको भुक्तानी नदिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले तत्काल भुक्तानी नदिए बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । निर्माण व्यवसायीहरूले निर्माण कार्य गरेबापतको विगत आर्थिक वर्षहरुमै भुक्तानी हुनुपर्ने वक्यौता रहेको ठूलो रकम अझै पनि भुक्तानी हुन नसक्दा निर्माण उद्योगमा विकराल अवस्था सिर्जना भएको अध्यक्ष रवि सिंहले बताए । सरकारले रकम तत्काल निकासा हुने प्रतिवद्धता गरे पनि सो विपरीत रकम भुक्तान नहुँदा व्यवसायीहरूको राज्यमाथिको भरोसा टुट्ने अवस्थामा पुगेको उनको भनाइ छ । दशैं तिहारजस्ता चाडपर्वका बेला निर्माण व्यवसायी र उनीहरुसँग आश्रित परिवार र मजदुरलाई राहत दिन महासंघले सरकारलाई ध्यानाकर्षण गराएको अध्यक्ष सिंहले बताए । @अनलाइनखबर...
भोलि र पर्सि रात्रीबस नचलाउन आग्रह

भोलि र पर्सि रात्रीबस नचलाउन आग्रह

समाचार, स्थानिय तह / प्रदेश
१० असोज, काठमाडौं । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ । साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ । हेर्नुहोस् सूचना @अनलाइनखबर...
काठमाडौंमा फ्रान्सेली शैक्षिक मेला हुँदै

काठमाडौंमा फ्रान्सेली शैक्षिक मेला हुँदै

समाचार, स्थानिय तह / प्रदेश
१० असोज, काठमाडौं । विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि फ्रान्स सरकारले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । फ्रान्सेली सरकारको पहलमा आयोजना हुन लागेको ‘चुज फ्रान्स टुर नेपाल २०२४’ मा सहभागी भएर विद्यार्थीहरूले फ्रान्समा उच्च शिक्षा हासिलका सम्भावनाबारे जानकारी प्राप्त गर्न सक्ने काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ । आगामी शनिबार सेप्टेम्बर २८ का दिन बिहान ११ देखि दिउँसो ४ बजेसम्म ललितपुरको धोबीघाट रोडमा रहेको अलाइन्स फ्रान्सेजमा शैक्षिक मेला आयोजना हुनेछ । मेलामा उच्च मावि उत्तीर्णदेखि विद्यावारिधि तहसम्मका विद्यार्थीहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ । ‘चुज फ्रान्स टुर’ मा सहभागी हुने विद्यार्थीले फ्रान्सका १७ वटा प्रतिष्ठित शिक्षालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरी आफ्नो रुचिको विषयबारे जानकारी प्राप्त गर्न सक्नेछन्। यी शैक्षिक संस्थाहरूले ...
कैलालीमा साढे ३ किलो चरेससहित दुई जना पक्राउ

कैलालीमा साढे ३ किलो चरेससहित दुई जना पक्राउ

समाचार, स्थानिय तह / प्रदेश
धनगढी । कैलालीमा साढे तीन किलो चरेससहित दुई जनालाई पक्राउ गरिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक(सई) गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले तीन किलो चार सय ८० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गौरिगंगा नगरपालिका–८ बडैपुर बस्ने बझाङको केदारस्युँ गाउँपालिका–६ बस्ने अन्दाजी २३ वर्षीय गोविन्द धामी र बाजुरा खप्तड छेडेदह गाउँपालिका–४ घर भएर धनगढी उपमहानगरपालिका–३ मा बाजुरा होटल सञ्चालन गर्ने ४१ वर्षीया मनमति ऐडी रावत रहेको कैलालीका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए । पक्राउ परेका धामीको झोला चेकजाँच गर्दा दुई किलो ७४० ग्राम चरेस र रावतको होटल खानतलासी गर्दा आधा किलो भन्दा बढि सात सय ४० ग्राम बरामद गरिएको बोहोराले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । @अ...
सुर्खेत बसपार्कमा सँधै लफडा : यात्रु तानातान गर्ने तीन जना प्रहरी नियन्त्रणमा

सुर्खेत बसपार्कमा सँधै लफडा : यात्रु तानातान गर्ने तीन जना प्रहरी नियन्त्रणमा

समाचार, स्थानिय तह / प्रदेश
सुर्खेत । सुर्खेतको सिटी बसपार्कमा लफडा भएपछि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यात्रुलाई तानातान गर्ने र दुःख दिने क्रियाकलापमा सक्रिय समितिका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी गराए । उनका अनुसार यसअघि विभिन्न समितिहरू मिलेर बनेको संयुक्त यातायात प्रालि फुटेर छिन्नभिन्न भएको छ । फुटेकाहरू नियम, कानुनभन्दा बाहिर गएर मनमर्जी गर्ने, लडाइँ, झगडा गर्ने र यात्रुलाई तानातान गरेर दुःख दिने काम गरिरहेको उनले बताए । बुधवार बिहान पनि सोही विषयमा लफडा भएको र तीन जनालाई नियन्त्रणमा लिइएको विश्वकर्माले बताए । ‘बसपार्कमा त सँधैको लफडा त छ, यात्रुलाई अनावश्यक दुख दिएको छ, यताउता तानेको छ,’उनले भने, ‘बसपार्कका व्यक्तिहरूका कारण प्रहरीलाई समेत दुःख भएको छ । उनीहरू न नियम मान्छन्, न मिलेर चल्छन् ।’ ...
एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन हुँदै

एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन हुँदै

समाचार, स्थानिय तह / प्रदेश
९ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको छ । लैंगिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । अस्पतालमा सञ्चालनमा रहेका यिनै केन्द्रको राष्ट्रिय सम्मेलन यही असोज १३ र १४ गते काठमाडौंमा हुन लागेको हो । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्मेलन हुन लागेको मन्त्रालयले जानकारी दिएको छ । लैंगिक हिंसा पीडित वा प्रभावित व्यक्तिहरुलाई आवश्यक सबै सेवाहरु जतिसक्दो चाँडो एकद्वार प्रणालीबाट उपलब्ध गराउने यो कार्यक्रमको मुख्य उद्देश्य हो । ओसीएमसी कार्यक्रमलायई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मुख्य कार्यान्वयन निकायको रूपमा रहने गरी सयभन्दा बढ...
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन

समाचार, स्थानिय तह / प्रदेश
तनहुँ । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९–८० को तुलनामा रु छ करोडले बढी हो । गत आवमा रु ३० करोड २१ लाख ४९ हजार चार सय ३२ सङ्कलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए । सङ्कलित रकममध्ये रु १२ करोड ८६ लाख ६७ हजार नौ सय ७४ सङ्घीय सञ्चित कोषमा, रु चार करोड ९५ लाख ७५ हजार दुई सय ८३ प्रदेश सञ्चित कोषमा दाखिला भएको छभने बाँकी रु १८ करोड १३ लाख आठ हजार नौ सय ७० मध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा दाखिला भएको छ । जग्गा वर्गीकरण लागू हुँदा जिल्लाका अधिकांश जग्गा आवासीय क्षेत्रमा वर्गीकरण गरिएका कारण राजस्व सङ्कलनमा वृद्वि भएको सो कार्यालयले जनाएको छ । कृषि जग्गाको तुलनामा आवासीय जग्गाको राजस्वदर बढी रहेकाले राजस्व वृद्वि भएको हो । बैँक तथा वित्तीय सङ्घसंस्थाल...
रौतहटमा ४ साइकलसहित अवैध सालको काठ बरामद

रौतहटमा ४ साइकलसहित अवैध सालको काठ बरामद

समाचार, स्थानिय तह / प्रदेश
रौतहट । पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर स्थित प्रहरीले अवैध सालको काठ बरामद गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट सई जोगेन्द्र चौधरीको कमान्डमा गएको गस्ती टोलीले मंगलवार साँझ चन्द्रपुर ४ जङ्गल टोल स्थित अवैध रूपमा जङ्गलबाट चोरी निकासी गरी ४ वटा साइकलमा १२ वटा सालको फल्ली ल्याउँदै गरेको अवस्थामा बरामद गरेको हो। प्रहरीको गाडी देखि साइकल र काठ छाडी मानिसहरू फरार भएको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्। बरामद २० क्युफिट भन्दा बढी काठ र साइकल नियन्त्रणमा मानिसहरू खोजी तथा थप बुझ्ने कार्य भइरहेको र काठ तथा साइकल आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको प्रहरीले जनाएको छ। @रातोपाटी...
खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक

खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक

समाचार, स्थानिय तह / प्रदेश
मुगु । मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन् । स्याउ उत्पादनको लागी निकै सुहाउँदो हावापानी भएको जिल्ला हुँदा पछिल्लो समयमा गाउँ गाउँमा सडक सञ्जाल जोडिएपछि मुगुका कृषकहरू खेर गएको स्याउबाट विभिन्न परिकार बनाउन थालेका हुन् । उत्पादन गरेका ठुला राम्रा स्याउ खेर जान थालेपछि कृषकहरू मारमा परेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईबाट पोस्ट हार्भेष्ट तथा फलफूल प्रशोधन तालिम पाएपछि खेर जाने स्याउबाट विभिन्न प्रकारका बस्तुहरू बनाउन थालेका हुन् । लामो समयदेखि स्याउ खेती गरी राम्रो ठुला दाना भएको स्याउ बगैँचाबाट बिक्री हुने गरेको थियो । साना दाना लागेका स्याउहरू केही बगैँचाबाटै खेर जाने र केही घरमा ल्याएर गाई,भैँसीलाई खुवाएर खेर जाने गरेको स्थानीय जस बहादुर बुढाले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खेर जाने स्या...