शिक्षा

पोखरा स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु, २८ जनाको उपचार हुँदै

पोखरा स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु, २८ जनाको उपचार हुँदै

शिक्षा, समाचार, स्वास्थ्य
१४ साउन, पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।...
पोखरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २९ जना घाइते

पोखरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २९ जना घाइते

शिक्षा, समाचार, स्वास्थ्य
१४ साउन, पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।...
दिल्लीमा कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर ३ विद्यार्थीको मृत्यु

दिल्लीमा कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर ३ विद्यार्थीको मृत्यु

अन्तर्राष्ट्रिय, शिक्षा, समाचार
१३ साउन, काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक कोचिङ सेन्टरको बेसमेन्टमा वर्षाको पानी भरिँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ । राजेन्द्रनगरस्थित राव आईएएस कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर दुई छात्रा र एक छात्रको मृत्यु भएको हो । गएराति एक जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको समाचार सार्वजनिक भएको थियो । खोजीको क्रममा बेपत्ता भएका दुबैको शव फेला परेपछि मृतकको संख्या तीन पुगेको हो । स्थानीय समय अनुसार शनिबार बेलुकी सात बजे बेसमेन्टमा सात फिटसम्म पानी भरिएको र विद्यार्थीहरु फसेको जानकारी पाएपछि भारतको राष्ट्रिय विपद व्यवस्थापन बलको टोली खोज तथा उद्धारमा खटिएको थियो । बेसमेन्टमा भरिएको पानी पम्पसेटको सहायताले बाहिर निकालिएको छ । घटनाको विरोधमा विद्यार्थीहरुले प्रदर्शनसमेत गरेका थिए । लगत्तै दिल्ली सरकारले घटनाको अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न प्रहरी प्रशास...
कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने

कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने

शिक्षा, समाचार
११ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’ कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका छन् । देशभर एक हजार ५२५ परीक्षा केन्द्र र जापानमा एक परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भएको थियो ।...
मधेश लोक सेवा आयोग अध्यक्षमा शिवराम यादव

मधेश लोक सेवा आयोग अध्यक्षमा शिवराम यादव

शिक्षा, समाचार
११ साउन, जनकपुरधाम । मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त हुने भएका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहले यादवलाई मधेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेका छन् । मुख्यमन्त्रीले सिफारिस पठाउन ढिलो गरेका कारण उनको नियुक्ति प्रदेश प्रमुखले शुक्रबार गर्ने तयारी छ । शुक्रबार नै उनको शपथग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । ५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् । उनले सिंघानिया युनिभर्सिटी भारतबाट पीएचडी गरेका छन् । उनी सडक विभागको हेबी इक्विपमेन्ट डिभिजन काठमाडौंमा कार्यरत थिए । उनमा संघीय लोक सेवा आयोगको रोस्टर विज्ञको रुपमा काम गरेको अनुभव पनि छ । गत फागुनमा उमेर हदको कारण मधेश प्रदेश लोक सेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्...
१६ सयलाई उछिन्दै ‘टपर’ बनेका उपसचिव पर्शुराम भन्छन्– सिकाइ, बुझाइ र लेखाइको प्रतिफल नै सफलता

१६ सयलाई उछिन्दै ‘टपर’ बनेका उपसचिव पर्शुराम भन्छन्– सिकाइ, बुझाइ र लेखाइको प्रतिफल नै सफलता

शिक्षा, समाचार, समाज, समाज / जिवनशैली
काठमाडौं । लोकसेवा आयोगले आव २०८०/८१ मा लिएको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गतको खुलातर्फको उपसचिवको परीक्षामा सहभागी भएका पर्शुराम पोखरेल प्रतिस्पर्धी १६ सयभन्दा बढीलाई उछिनेर ‘टपर’ उपसचिव बन्न सफल हुनुभएको छ । नेपाल सरकारको नीति निर्माण तहका लागि आवश्यक सूचना संकलन गर्ने, विश्लेषण गर्ने र नीति निर्माण तहमा रहनेहरूलाई मुख्य सहयोग गर्ने तथा विभिन्न कार्यालय प्रमुखको भूमिकामा समेत रहने उपसचिव पदमा पुग्न लोकसेवाको कठिन परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । यसका लागि ठूलै मिहिनेत, परिश्रम र निरन्तरको लगाव चाहिन्छ । उपसचिव पोखरेलले नियमित अध्ययन र परिश्रम तथा सेवाप्रतिको उच्च आकांक्षाले सार्थकता पाएको बताउँदै भन्नुभयो– ‘सिकाइ, बुझाइ र लेखाइको प्रतिफल नै सफलता रहेछ ।’ गुल्मी रेसुङ्गा नगरपालिका–१४ मा बुबा टोपलाल पोखरेल र आमा डिल्ली कुमारीका कोखबाट जन्मिएका पर्शुराम सामान्य ग्...
८ सय नेपाली विद्यार्थीले बंगलादेश छोडे, समस्यामा परेकाले अनलाइन आवेदन दिनसक्ने

८ सय नेपाली विद्यार्थीले बंगलादेश छोडे, समस्यामा परेकाले अनलाइन आवेदन दिनसक्ने

अन्तर्राष्ट्रिय, शिक्षा, समाचार
५ साउन, काठमाडौं । आन्दोलनको चपेटामा परेको बंगलादेशबाट शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् । हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीमध्ये अधिकांश विद्यार्थीलाई राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन वा सम्बन्धित सीमामा पठाउन ढाकास्थित नेपाली दूतावासले समन्वय गरेको पनि परराष्ट्र मन्त्रालयले शनिवार साँझ बताएको छ । ‘नेपाली दूतावास बंगलादेशस्थित विश्वविद्यालयहरु, सम्बन्धित निकायहरु तथा कानून कार्यान्वयन गर्ने एजेन्सीहरुसँग समन्वय गरिरहेको छ, नेपाल सरकार बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध छ,’ मन्त्रालयले भनेको छ । यसैबीच परराष्ट्र मन्त्रालयले समस्यामा रहेका नेपाली विद्यार्थी वा उनीहरुका अभिभावकले अनलाइन आवेदन दिन सक्ने प्रणाली शुरु गरेको छ । समस्यामा परेका नेपाली विद्या...
बीपी कोइरालाको ४२ औं स्मृति दिवस मनाइँदै

बीपी कोइरालाको ४२ औं स्मृति दिवस मनाइँदै

अन्तर्राष्ट्रिय, राजनीति, शिक्षा, समाचार, समाज, समाज / जिवनशैली, साहित्य / मनोरञ्जन
६ साउन, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए । विसं २०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिन...
बङ्गलादेशबाट थप १७ नेपाली विद्यार्थी काठमाडौं फर्कंदै

बङ्गलादेशबाट थप १७ नेपाली विद्यार्थी काठमाडौं फर्कंदै

अन्तर्राष्ट्रिय, शिक्षा, समाचार
६ साउन, काठमाडौं । बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौं फर्किन थालेका छन् । आजमात्रै १७ जना विद्यार्थी नेपाल फर्किन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीका अनुसार परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन लागिएको हो । प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् । बंगलादेशमा कति जना नेपाली विद्यार्थी छन् भन्ने यकिन नभए पनि सबै सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै अत्यावश्यकवाहेक बाहिर ननिस्किने विद्यार्थीलाई सूचित गरेको छ । आवश्यक सहयोगका लागि ...
नयाँ शिक्षामन्त्रीले सुमनाको ‘एजेण्डा’ नबोक्ने

नयाँ शिक्षामन्त्रीले सुमनाको ‘एजेण्डा’ नबोक्ने

राजनीति, शिक्षा, समाचार
१ साउन, काठमाडौं । सत्ता समीकरण फेरिएसँगै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ मुक्त भइन्, विद्या भट्टराई नयाँ शिक्षामन्त्री भइन् । संयोग ! दुबै प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य हुन् । समितिको सदस्यका रुपमा दुबैले नेपालको शिक्षाका सम्बन्धमा एकै ठाउँमा रहेर प्रश्न गरिरहेका थिए, सुधारका उपाय पनि सुझाउँथे । २१ फागुन २०८० मा एमाले–माओवादी गठबन्धन बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना शिक्षामन्त्री भइन् । एमाले सांसद भट्टराईले मन्त्रीका रुपमा सुमनाले उठाएका कतिपय मुद्दामा साथ दिइन्, कतिपयमा प्रश्न गरिन् । ‘थिति र विधि’ रहेर काम गर्नुपर्ने र संयुक्त सरकारको साझा अवधारणा मन्त्रीले कार्यान्वयन गर्ने भन्दै ‘एउटा दलको एजेण्डा बोकेर मन्त्री हिँड्न नमिल्ने’ बताउँथिन् । कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बन्यो । प्रचण्ड सरकार...