गृहपृष्ठ पाकिस्तानी मिसाइल आक्रमणपछि भारत सतर्क, जम्मुसहित २७ विमानस्थल सिल

पाकिस्तानी मिसाइल आक्रमणपछि भारत सतर्क, जम्मुसहित २७ विमानस्थल सिल


काठमाडौं । पाकिस्तानसँगको बढ्दो तनावका बीच भारत सरकारले २७ वटा विमानस्थल अस्थायी रूपमा बन्द गरेको छ। पाकिस्तानबाट मिसाइल आक्रमण भएपछि भारतको नागरिक उड्डयन मन्त्रालयले उच्च सुरक्षा सतर्कता अपनाउँदै यी विमानस्थलहरू बन्द गरेको हो।

बिहीबार राति पाकिस्तानले भारततर्फ आकस्मिक हमला गरेको बताइएको छ। हमलाको क्रममा जम्मु विमानस्थलमा ठूलो विस्फोटको आवाज सुनिएको थियो, तर उक्त घटनाबारे विस्तृत विवरण अझै सार्वजनिक भइसकेको छैन।

सुरक्षाको दृष्टिकोणले भारतले जम्मु सहित २७ विमानस्थल १० मे बिहान ५:३० बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

बन्द गरिएका विमानस्थलहरूमा जम्मु, धर्मशाला, हिन्दन, ग्वालियर, किसनगढ, श्रीनगर, अमृतसर, पटियाला, सिमला, गग्गल, जैसलमेर, जोधपुर, बिकानेर, हलवारा, पठानकोट, लेह, लुधियाना, भुन्तर, भटिण्डा, मुन्द्रा, जामनगर, राजकोट, पोर्बन्दर, कांडला, केशोद, भुज र चण्डीगढ़ समावेश छन्।

यी विमानस्थलहरू मुख्य रूपमा भारतका उत्तरी, पश्चिमी र केन्द्रीय भागहरूमा अवस्थित छन् । कुनै आन्तरिक र कुनै अन्तर्राष्ट्रिय विमानस्थलहरु छन् ।

विमानस्थल बन्दले इन्डिगो, एयर इन्डिया, स्पाइसजेट लगायत प्रमुख एयरलाइन्स कम्पनीहरुले सयौं उडानहरू रद्ध गरेका छन् ।

ती हवाई कम्पनीहरुले आफ्ना यात्रुहरूलाई यात्रा योजना पुनः मूल्यांकन गर्न र सम्बन्धित एयरलाइन्सहरूको आधिकारिक सूचना च्यानलहरूबाट अद्यावधिक जानकारी प्राप्त गर्न सल्लाह दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु