गृहपृष्ठ मानव बेचबिखन कानुन संशोधन: विदेशमा बसेर अपराध गरे पनि सजाय हुनेछ

मानव बेचबिखन कानुन संशोधन: विदेशमा बसेर अपराध गरे पनि सजाय हुनेछ


नेपाल बाहिर बसेर मानव बेचबिखन तथा ओसारपसारमा संलग्न हुने व्यक्तिहरू अब नेपालकै कानुन अनुसार कारबाहीमा पर्ने भएका छन्।

नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्दै नयाँ विधेयक संसदमा दर्ता गरेको छ, जसले कानुनी कारबाहीको दायरालाई थप फराकिलो बनाउनेछ।

नयाँ विधेयकमा उल्लेख गरिएको छ कि नेपाल बाहिर बसेर नेपाली नागरिकलाई लक्षित गरी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न हुने जोसुकैलाई पनि कानुनी कारबाही गरिनेछ।

मन्त्री नवलकिशोर साह सुडीका अनुसार,

संगठित मानव बेचबिखन विरुद्ध कडा कानुनी व्यवस्था लागू गरिनेछ।

तीनै तहका सरकारलाई मानव बेचबिखन नियन्त्रणको जिम्मेवारी दिइनेछ।

पीडितहरूको उद्धार तथा पुनर्स्थापना प्रक्रियालाई प्रभावकारी बनाइनेछ।

नेपालले संयुक्त राष्ट्रसंघीय महासन्धि अनुरूप अन्तर्राष्ट्रिय मान्यता अनुसार मानव बेचबिखन विरुद्धको कानुनी संरचना बलियो बनाउँदैछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु