गृहपृष्ठ रवि लामिछानेको कारागार बसाइबारे मानव अधिकार आयोगको भैरहवा निरीक्षण
रवि लामिछानेको कारागार बसाइबारे मानव अधिकार आयोगको भैरहवा निरीक्षण
२६ साउन, भैरहवा । पूर्वगृहमन्त्रीलाई रवि लामिछाने रहेको कारागारको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली भैरहवा अाइपुगेको छ ।
आयोग सदस्य लिली थापा र इन्सेकका प्रतिनिधिहरूको सहभागितामा बनेको टोलीले लामिछानेलाई राखिएको कारागार ब्लकको प्रत्यक्ष अनुगमन गरिरहेको छ। सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका लामिछाने भैरहवास्थित कारागारको ब्लक नम्बर ४ मा बस्दै आएका छन्।
हालसालै उनको बसाइ र सुविधासम्बन्धी व्यवस्थापन सन्तोषजनक नभएको समाचार सार्वजनिक भएपछि आयोगले प्रत्यक्ष निरीक्षणको निर्णय गरेको हो। टोलीले कैदीबन्दीको अवस्था, स्वास्थ्य सुविधा, सुरक्षाव्यवस्था र आधारभूत अधिकारको सुनिश्चितताबारे जानकारी लिने जनाएको छ।










