गृहपृष्ठ ट्रायल नदिई लाइसेन्स दिने प्रकरणमा तीन कर्मचारी र एक लाइसेन्सधारीविरुद्ध मुद्दा
ट्रायल नदिई लाइसेन्स दिने प्रकरणमा तीन कर्मचारी र एक लाइसेन्सधारीविरुद्ध मुद्दा
२०८२ जेठ १६ गते
काठमाडौं । ट्रायल परीक्षा बिना सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिएको घटनामा संलग्न तीन जना कम्प्युटर अपरेटर र एक लाइसेन्सधारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
यातायात व्यवस्था कार्यालय, रुपन्देहीका कम्प्युटर अपरेटरहरूले आर्थिक लेनदेन गरी ट्रायलमा सहभागी नै नभएकी सभ्यता केसीलाई कार, जीप र डेलिभरी भ्यान चलाउन मिल्ने गरी लाइसेन्स दिएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।
आयोगले यातायात व्यवस्था कार्यालय, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय, र दाङ तुलसीपुरस्थित कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर तथा लाइसेन्स प्राप्तकर्ता सभ्यता केसीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
उनीहरूले आपसी मिलेमतोमा सवारी चालक अनुमतिपत्रसम्बन्धी गलत लिखत तयार गरी नियमविपरीत लाइसेन्स जारी गरेको अख्तियारले जनाएको छ।









