गृहपृष्ठ समर्पणको समुन्द्र र साथको साहस: बेंगलोरको अन्तिम उडान

समर्पणको समुन्द्र र साथको साहस: बेंगलोरको अन्तिम उडान


बेंगलोर च्यालेन्जर्सले ९ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा स्थान सुरक्षित गर्दै समर्थकहरूका लागि ऐतिहासिक खुसी ल्याएको छ। बिहीबार राति सम्पन्न पहिलो क्वालिफायर खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गर्दै बेंगलोर उपाधि नजिक पुगेको हो।

टस हारेर बलिङ रोजेको बेंगलोर टोलीले पञ्जाबलाई १४.१ ओभरमा १०१ रनमै समेट्यो।
पञ्जाबका मार्कस स्टोइनिसले २६ रन, अज्मतुल्लाह ओमारजाई र प्रभसिमरन सिंहले समान १८–१८ रन बनाए। बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल रहे। बेंगलोरका लागि जोश हेजलवुड र सुयश शर्माले ३–३ विकेट लिए भने यश दयालले २ तथा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले १–१ विकेट हात पारे।

१०२ रनको लक्ष्य पछ्याउन उत्रिएको बेंगलोर टोलीले मात्र १० ओभरमै लक्ष्य पूरा गर्‍यो। फिल साल्टले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ५६ रन बनाए जसमा ६ चौका र ३ छक्का समावेश थिए। मयंक अग्रवालले १९ रन, रजत पाटीदारले १५ रन जोडे। कोहली १२ रनमै आउट भए।

यो जित बेंगलोर टोलीको लागि केवल फाइनल यात्रा होइन, बल्कि ९ वर्षदेखिको धैर्य, संघर्ष र समर्पणको पुरस्कार हो। समर्थकहरूको लगातार समर्थन, टोलीको एकता र नेतृत्व क्षमताले यो परिणाम सम्भव बनाएको हो।

अब बेंगलोर टोली फाइनल खेल्ने तयारीमा जुटेको छ भने पराजित पञ्जाबले एलिमिनेटर खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु