गृहपृष्ठ लुम्बिनी अस्पतालका मेसुको विवाद: सप्तरीको अस्पतालमा स्वास्थ्य सेवा प्रभावित

लुम्बिनी अस्पतालका मेसुको विवाद: सप्तरीको अस्पतालमा स्वास्थ्य सेवा प्रभावित


बुटवल, जेठ २४ गते।

कल्पना घिमिरे
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. इन्द्र ढकाललाई सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयको निर्देशन अनुसार, २०८१ साल असार ५ गतेको निर्णयले डा. ढकालको दरबन्दी गजेन्द्रनारायण सिंह अस्पतालमा तोकिएको थियो।
तर, उनी राजनीतिक पहुँच प्रयोग गरी लुम्बिनी प्रादेशिक अस्पतालमै कार्यरत रहेको मन्त्रालयले जनाएको छ। यस कारण, सप्तरीको अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएको दाबी गरिएको छ। मन्त्रालयले डा. ढकाललाई तुरुन्त दरबन्दी रहेको अस्पतालमा हाजिर हुन निर्देशन गर्दै, लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बोधार्थ पत्र पठाएको हो।
पत्रमा मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालले हस्ताक्षर गरेका छन्।
डा. इन्द्र ढकाल १० तहका कर्मचारी हुन्, तर प्रदेश सरकारले उनलाई ११ तहको पदसहित मेसु नियुक्त गरेको थियो। यस विषयमा अदालतमा मुद्दासमेत दायर भएको छ।
यस समाचारलाई थप जानकारीका लागि सम्पर्क गर्ने प्रयास गर्दा डा. ढकालले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु