गृहपृष्ठ राष्ट्रपतिसमक्ष संघीय संसद् अधिवेशन चैत १९ देखि आह्वान गर्न सरकारको सिफारिस

राष्ट्रपतिसमक्ष संघीय संसद् अधिवेशन चैत १९ देखि आह्वान गर्न सरकारको सिफारिस


चैत १६ , २०८२

काठमाडौं – सरकारले संघीय संसद्को आगामी अधिवेशन चैत १९ गतेदेखि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै सदन—प्रतिनिधि सभा र राष्ट्रिय सभा—को बैठक यही बिहीबार अपराह्न २ बजे बस्ने गरी राष्ट्रपतिसमक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त सिफारिस रामचन्द्र पौडेल समक्ष पेश गरिनेछ।

यससँगै बैठकले संविधान संशोधनसम्बन्धी बहसलाई अघि बढाउने तयारीसमेत सुरु गर्ने निर्णय गरेको छ। संशोधनका विषयमा साझा धारणा तयार पार्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको संयोजकत्वमा सबै प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू समेटिने गरी एक समिति गठन गरिनेछ।

उक्त समितिले संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार पार्ने जिम्मेवारी पाउने सरकारको निर्णयमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु