आर्थिक / ब्यापार

आशा लघुवित्तको लाभांश घोषणा

आशा लघुवित्तको लाभांश घोषणा

आर्थिक / ब्यापार, समाचार
६ असोज, काठमाडौं । आशा लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति गरी आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । यसअघि पनि कम्पनीले कुल १५ प्रतिशत नै लाभांश दिएको थियो । गत साता बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता १ हजार ५ रुपैयाँ छ । @अनलाइनखबर...
सहकारीको नामबाटै गोरखा मिडियाको खातामा जम्मा भएको थियो साढे २२ करोड

सहकारीको नामबाटै गोरखा मिडियाको खातामा जम्मा भएको थियो साढे २२ करोड

आर्थिक / ब्यापार, समाचार
४ असोज, काठमाडौं । गारेखा मिडिया नेटवर्कको बैंक खातामा विभिन्न पाँच सहकारी संस्थाका नामबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सिधै रकम जम्मा भएको पाइएको छ । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार विभिन्न पाँच सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ पैसा आएको हो । जसमध्ये २२ करोड ४६ लाख रुपैयाँ सहकारी संस्थाबाट सिधै गोरखा मिडिया नेटवर्कको खातामा सहकारीको नामबाट नै रकम जम्मा भएको पाइएको हो । यस्तै करिब ४३ करोड ७ लाख रुपैयाँ भने अन्य व्यक्ति तथा संस्थाको नाम खडा गरी गोरखा मिडिया नेटवर्कमा ल्याएको पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ । ‘सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत कम्पनीहरूमा रकम प्रवाह भएको देखिन्छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, सुप्रिम बचत तथा ऋण सहकारी संस्था, सहारा चितवन बहुउद्देश्यीय सह...
एकैदिन सुन तोलामा १५ सय बढ्यो

एकैदिन सुन तोलामा १५ सय बढ्यो

आर्थिक / ब्यापार, समाचार
४ असोज, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि भदौ अन्तिम दिन १ लाख ५७ हजार ३ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८८० रुपैयाँ रहेको चाँदी यस दिन ३५ रुपैयाँ बढेर १९१५ रुपैयाँ पुगेको छ । @अनलाइनखबर...
नेपाल–अमेरिका व्यापार तथा लगानी परिषद् बैठकमा के भयो सहमति ?

नेपाल–अमेरिका व्यापार तथा लगानी परिषद् बैठकमा के भयो सहमति ?

आर्थिक / ब्यापार
३ असोज, काठमाडौं । यसै साता काठमाडौंमा सम्पन्न नेपाल– अमेरिका व्यापार तथा सम्झौता परिषद्को सातौं बैठकमा अमेरिकाले नेपालले सहायता चाहेका क्षेत्रको विस्तृत विवरण माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बैठकमा अमेरिकाका तर्फबाट दक्षिण तथा मधय एसियाका लागि सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा ११ सदस्यीय टोली नेपाल आएको थियो । नेपालको तर्फबाट वाणिज्य सचिवको नेतृतवमा १७ सदस्यीय टोलीले भाग लिएको थियो । मन्त्रालयका अनुसार अमेरिकाले नेपाललाई प्रदान गरिरहेको सौविध्यपूर्ण व्यापार सुविधा (नेपाल ट्रेड प्रिफेरेन्सल प्रोग्राम (एनटीपीपी) को समय अवधि बढाउन बैठकमा नेपालले प्रस्ताव गरेको थियो । यसमा अमेरिका सकारात्मक देखिएको छ । यो विषय अमेरिकी कंग्रेसको कार्यक्षेत्रमा पर्ने भएकाले यसका लागि विधायक तहमा संयुक्त रुपमा पहल गर्ने सहमति दुवै मुलुकबीच भएको छ । दुवै म...
प्रतिकिलो १० रुपैयाँ छुटमा खसीबोका र च्याङ्ग्रा बेच्ने सरकारको निर्णय

प्रतिकिलो १० रुपैयाँ छुटमा खसीबोका र च्याङ्ग्रा बेच्ने सरकारको निर्णय

आर्थिक / ब्यापार, समाचार
काठमाडौँ । दसैंमा सरकारले १० रुपैयाँ छुटसहित १८ सय खसी बोका र च्याङ्ग्रा बेच्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँदो खसी बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय गरेको हो । कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म खसी बोका र च्याङ्ग्रा खरिद गर्न सकिने छ । @रातोपाटी...
७ वैशाख अब ‘राष्ट्रिय याक दिवस’

७ वैशाख अब ‘राष्ट्रिय याक दिवस’

आर्थिक / ब्यापार, समाचार
३ असोज, काठमाडौ । सरकारले प्रत्येक वर्ष वैशाख ७ गतेलाई ‘राष्ट्रिय याक दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वैशाख ७ लाई याक दिवसका रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ३० भदौमा मन्त्रालयले तयार पारेको यस सम्बन्धी प्रस्ताव स्वीकृत गरेका थिए । याक तथा चौँरी संरक्षण, सम्वद्र्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको कृषिमन्त्री अधिकारीले बताए । याक दिवस घोषणाले याकजन्य वस्तुको गुणस्तरीयता वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिन सक्ने र याक तथा चौँरी विकास र प्रवद्र्धनमा सहयोग पुग्ने तथा यसको संरक्षण, प्रवद्र्धन र विकासमा सघाउ पुग्ने विश्वास लिइएको मन्त्री अधिकारीको भनाइ छ । म...
तोलामा ८ सय घट्यो सुन

तोलामा ८ सय घट्यो सुन

आर्थिक / ब्यापार, समाचार
३ असोज, काठमाडौं । बिहीबार सुन तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन दिनका लागि सुन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ थियो । यसअघि भदौको अन्तिम दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८८० रुपैयाँ कायम भएको छ । @अनलाइनखबर...
यस्तो छ कालीमाटीमा फलफूलको भाउ

यस्तो छ कालीमाटीमा फलफूलको भाउ

आर्थिक / ब्यापार, समाचार
३ असोज, काठमाडौं । कालीमाटी फलफूल बजारमा अनार र केरा केही महँगिएको छ । विगत दुई सातामा केरा प्रतिदर्जन ७ प्रतिशत तथा अनार १३ प्रतिशतले महँगिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । कालीमाटीमा बिहीबार केरा प्रतिदर्जन १५० रुपैयाँ छ । त्यस्तै अनार ४५०, हरियो अंगुर ४००, भारतीय सुन्तला १२०, मौसम १२०, जुनार २८० रुपैयाँ प्रतिकिलो छ । भुइँ कटहर प्रतिगोटा १८० रुपैयाँ छ । स्थानीय नासपाती १००, चाइनिज नासपाती ३००, नेपाली मेवा ६०, भारतीय मेवा १२०, अम्बा १५०, किवी ३५०, आभोकाडो २५०, अमला ९० रुपैयाँ प्रतिकिलो रहेको समितिले जनाएको छ । फुजी स्याउ प्रतिकिलो ३२०, झोले स्याउ प्रतिकिलो २५० रुपैयाँ रहेको छ । कालीमाटीमा बिहीबार फलफूलको भाउ कृषि उपज न्यूनतम अधिकतम औसत स्याउ(झोले) (के.जी.) रू २०० रू २५० रू २२६.६७ स्याउ(फूजी) (के जी) रू ३०० रू ३२० रू ३१०.०० केरा (दर्जन) रू १४० र...
बजार घट्दा पनि बैंकिङ बढ्यो, कारोबार खुम्चियो

बजार घट्दा पनि बैंकिङ बढ्यो, कारोबार खुम्चियो

आर्थिक / ब्यापार, समाचार
२ असोज, काठमाडौं । यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ४ अंक घटेपछि २५७६ मा कायम भएको छ । बजारमा कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ । अघिल्लो दिन ७ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडमै खुम्चियो । कारोबार रकम घट्नुले अब बजारमा बिक्री गर्नेहरू संयम हुन थालेको जनाउँछ । ७४ कम्पनीको मूल्य बढ्दा १६३ को घट्यो भने ७ को स्थिर रह्यो । यस दिन दुई सेक्टर मात्रै बढे । बैंकिङ समूह ११ अंक तथा निर्जीवन बीमा २० अंक बढे । अरु सबै समूहगत सूचक घटेका छन् । विकास बैंक ६, फाइनान्स ८३, होटल तथा पर्यटन ८, हाइड्रोपावर ५, जीवन बीमा ३९, उत्पादन ५७, माइक्रोफाइनान्स ५३, अन्य १२ र व्यापार समूह २० अंक घटे । अरुको तुलनामा बैंकिङ हाई क्याप सेक्टर कम्पनी रहेकाले यसले समग्र बजारको उतारचढावलाई बढी प्रभाव पार्दछ । बुधबार...
तोलामा तीन सय घट्यो सुन

तोलामा तीन सय घट्यो सुन

आर्थिक / ब्यापार, समाचार
२ असोज, काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको छ । भदौको अन्तिम दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९०५ रुपैयाँ रहेको चाँदी यस दिन १८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । @अनलाइनखबर...