आर्थिक / ब्यापार

साहस ऊर्जाको बोनस सेयर घोषणा, शत प्रतिशत हकप्रद जारी गर्ने

साहस ऊर्जाको बोनस सेयर घोषणा, शत प्रतिशत हकप्रद जारी गर्ने

आर्थिक / ब्यापार, समाचार
२ असोज, काठमाडौं । साहस ऊर्जाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीका लागि ८ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । साथै कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश पनि घोषणा गरेको छ । यो लाभांश आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् । लाभांश पारित गर्न कम्पनीले कात्तिक ४ गतेका लागि साधारणसभा बोलाएको छ । असोज १३ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । यसैबीच बोनस सेयर जारीपछि कायम चुक्ता पूँजी ३ अर्ब ७८ करोडको १ बराबर १ अनुपातमा हकप्रद सेयर पनि निष्कासन गर्ने भएको छ । बुधबार बजार खुल्नुअघि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५८३ रुपैयाँ छ । साहस ऊर्जाको संस्थापक, स्थानीयबासी र कर्मचारीको सेयरमा असोज १६ गतेपछि लकइन अवधि सकिँदैछ । सो कम्पनीको २ करोड ८२ लाख १० हजार कित्ता सेयरमा लकइन अवधि सकि...
सूचीकृत १३ कम्पनीले घोषणा गरे लाभांश, कसको कति ?

सूचीकृत १३ कम्पनीले घोषणा गरे लाभांश, कसको कति ?

आर्थिक / ब्यापार, समाचार
२ असोज, काठमाडौं । १३ सूचीकृत कम्पनीहरुले सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । हालसम्म लाभांश घोषणा गरेका कम्पनीमा एक वाणिज्य बैंक, एक विकास बैंक, दुई लगानी कम्पनी, दुई जीवन बीमा कम्पनी, एक उत्पादन कम्पनी, एक होटल, एक लघुवित्त र चार हाइड्रोपावर कम्पनी छन् । हालसम्म लाभांश घोषणा गरेकामध्ये अधिकांश कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन् । लगानीकर्तालाई छुट्याइएको बोनस सेयरमा कर लाग्ने भएकाले केहीले कर प्रयोजनका लागि मात्रै नगद लाभांश घोषणा गरेका छन् । बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् भने अन्य कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरेपछि कम्पनीहरुले साधारणसभामार्फत पारित गर्छन् । साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले बोनस सेयर डिम्याट खातामा र नगद...
हिउँदे अधिवेशनमा पर्यटनसँग सम्बन्धित ऐन संशोधन हुन्छ : पर्यटनमन्त्री

हिउँदे अधिवेशनमा पर्यटनसँग सम्बन्धित ऐन संशोधन हुन्छ : पर्यटनमन्त्री

आर्थिक / ब्यापार, समाचार
१ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐन संशोधन हुने बताएका छन् । मंगलबार नेपाल पर्वतारोहण संघको ३४औं वार्षिक सधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डे हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेन अगावै ऐनहरूलाई मूर्त रूप दिइने बताए । ‘हिजो मात्रै संसदको अधिवेशन अन्त्य भएको छ । हामीले पर्यटन, संस्कृति, हवाई उड्यन, लगायत नीति परिमार्जन गर्न खोजिरहेका छौं, संसदको हिउँदे अधिवेशन सुरु हुनु अगावै नीतिलाई अन्तिम रूप दिने छौं,’ मन्त्री पाण्डेले भने । मन्त्री पाण्डेले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा के कहाँ परिमार्जन गर्न सकिन्छ त्यसबारे सुझाव दिन समेत आह्वान गरे । उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको बताए । @अनलाइनखबर...
२ महिनामा झन्डै १२ प्रतिशत उठ्यो राजस्व, खर्च कति ?

२ महिनामा झन्डै १२ प्रतिशत उठ्यो राजस्व, खर्च कति ?

आर्थिक / ब्यापार, समाचार
१ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना (साउन–भदौ) मा सरकारले लक्ष्यको झन्डै १२ प्रतिशत राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौसम्म १ खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ बराबर राजस्व उठेको छ । यो लक्ष्यको ११.७२ प्रतिशत हो । सरकारले यसवर्ष १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । भदौसम्म संकलित राजस्वमध्ये कर राजस्व १ खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ उठेको छ । यो लक्ष्यको ११.३१ प्रतिशत हो । यस अवधिमा २१ अर्ब १९ करोड गैरकर राजस्व उठेको छ । यो लक्ष्यको १५.६९ प्रतिशत हो । यस अवधिमा अनुदान र अन्य आम्दानी हुन नसकेको महालेखाको विवरणमा देखिन्छ । खर्चतर्फ सरकारले दुई महिनामा १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी गरेको देखिन्छ । यो कुल बजेटको ७.३९ प्रतिशत हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरि...
उच्च मूल्यबाट तोलामा ६ सय घट्यो सुन

उच्च मूल्यबाट तोलामा ६ सय घट्यो सुन

आर्थिक / ब्यापार, समाचार
१ असोज, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ थियो । अमेरिकाको केन्द्रीय बैंकले आजभोलिमै ब्याजदर घटाउने चर्चापछि सुनको मूल्य आकासिएको हो । ब्याजदर घट्दा सुनतिर लगानी आकर्षित हुन गई मागसँगै मूल्य बढ्ने गरेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी यस दिन १९०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । @अनलाइनखबर...
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले के दियो सुझाव

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले के दियो सुझाव

आर्थिक / ब्यापार, समाचार
३१ भदौ, काठमाडौं । संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ । साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको विषयमा सहकारी समितिले ८ वटा सुझाव दिएको छ । स्रोतका अनुसार जीबी राई समूहले सञ्चालन गरेका ७ मध्ये ५ वटा सहकारीबाट गोर्खा मिडियामा २ अर्ब ५६ करोड रुपैयाँ कारोबार भएको पाइएको छ । यसमध्ये ६५ करोड रुपैयाँ सहकारीको रकम अपचलन भएको समितिको निष्कर्ष छ । समितिका अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीबाट सहकारी कानुन विपरीत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको छ । यसमा सहकारी सञ्चालक एवं निर्णय प्रक्रियामा स...
केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

आर्थिक / ब्यापार, समाचार
<strong>३१ भदौ, घोराही ।</strong> दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आएका छन् । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेतीमा लाग्नुभएका उनले वार्षिक १३–१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउँछन् । केराखेतीबाट राम्रो आम्दानी लिँदै आएको किसान चौधरी बताउँछन् । ‘अन्य कृषि व्यवसायको तुलनामा केराखेतीले राम्रै आम्दानी दिने गरेको छ । खासै मेहनत पनि गर्न पर्दैन ।’ रोपेपछि समय–समयमा गोडमेलसँगै पानी र मलको व्यवस्था गर्नुपर्ने भए पनि अन्य बालीजस्तो मेहनत गर्न नपर्ने उनी सुनाउँछन् । अन्य कृ...
असोजका लागि पनि घट्यो ब्याजदर

असोजका लागि पनि घट्यो ब्याजदर

आर्थिक / ब्यापार, समाचार
३१ भदौ, काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको छ । भदौमा यी बैंकको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेकोमा असोजमा ६.३९ प्रतिशतमा झरेको छ । यसअघि साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत थियो । असोजमा दुई बैंक कृषि विकास र नेपाल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर भदौको तुलनामा बढाएका छन् । तीबाहेक १० बैंकले घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन् । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, नबिल, एनएमबी, एनआईसी एसिया र एभरेस्ट छन् । स्थिर राखेकामा लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नेपाल इन्मेस्टमेन्ट मेगा, स...
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

आर्थिक / ब्यापार, समाचार
३१ भदौ, काठमाडौं । सोमबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । विगत तीन दिनदेखि सुनको मूल्यमा लगातार नयाँ रेकर्ड बनिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ तोकेकोछ । अघिल्लो दिनको तुलनामा यो ५ सय रुपैयाँ बढी हो । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदर घटाउने चर्चापछि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९१५ रुपैयाँ पुगेको छ । @अनलाइनखबर...
एक हजारका ११५ थान नक्कली नोटसहित एकजना पक्राउ

एक हजारका ११५ थान नक्कली नोटसहित एकजना पक्राउ

आर्थिक / ब्यापार, समाचार
३१ भदौ, काठमाडौं । एक हजारका ११५ थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ३ घर भइ हाल भक्तपुर ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन् । उनले भाडामा लिएको ललितपुर महानगरपालिका ८ सौगलमा रहेको कोठाबाट नक्कली नोटसहित पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनको साथबाट नक्कली नोटसहित एउटा फोटोकपी मेसिन र एक हजारको सक्कली नोट पनि बरामद गरिएको उनले बताए । पक्राउ परेका रोक्कालाई ललितपुर जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । @अनलाइनखबर...