आर्थिक / ब्यापार

सुन तोलामा ५ सय बढ्यो, मूल्यमा दिनदिनै नयाँ रेकर्ड

सुन तोलामा ५ सय बढ्यो, मूल्यमा दिनदिनै नयाँ रेकर्ड

आर्थिक / ब्यापार, समाचार
८ असोज, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ रहेकोमा आज १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । विगत तीन दिनयता लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । अमेरिकाले हालै ब्याजदर घटाउनु र आगामी महिनामा थप घटाउने संकेत दिएपछि सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । सुन बढ्दा चाँदी भने घटेको छ । अघिल्लो दिन प्रतितोला १९२० रुपैयाँ रहेको चाँदी आज १९१५ रुपैयाँमा झरेको छ । @अनलाइनखबर...
सिटिजन्स बैंकको लाभांश घोषणा

सिटिजन्स बैंकको लाभांश घोषणा

आर्थिक / ब्यापार, समाचार
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडको लाभांश घोषणा भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैंकले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बोनस शेयर घोषणाका लागि बैंकले ५६ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ । त्यस्तै, नगद लाभांशका लागि २ करोड ९८ लाख रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ बैंकले जनाएको छ । बैंक गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणमा प्रतिशेयर ४.३४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको उल्लेख गरेको थियो । त्यसमध्ये अधिकांश रकम लाभांशको रुपमा वितरण गर्न लागेको हो । @रातोपाटी...
एक महिनामा मूल्य उच्च दरले घटेका यी १० फाइनान्स

एक महिनामा मूल्य उच्च दरले घटेका यी १० फाइनान्स

आर्थिक / ब्यापार
८ असोज, काठमाडौं । विगत एक महिनामा सेयर बजारमा सबैभन्दा धेरै घटेको सेक्टर हो – फाइनान्स । बढ्दा जसरी तीव्र गतिमा बढ्यो, घट्दा पनि यहीं सेक्टर उच्च दरले घट्यो । भदौ ७ गते ३९७५ अंकमा रहेको फाइनान्स सेक्टर असोज ७ गतेसम्म २८५१ अंकमा झरेको छ । एक महिनाको अवधिमा यो सेक्टर २८.२ प्रतिशत घट्यो । जबकि यहीं अवधिमा समग्र परिसूचक नेप्सेको गिरावट दर १४.९ प्रतिशत छ । फाइनान्स सेक्टरमा कतिपय कम्पनीको मूल्य एक महिनामै ३५ प्रतिशतसम्म घटेको छ । तर उच्च विन्दुबाट भने केही फाइनान्स ४१ प्रतिशतसम्म झरेका छन् । उच्च विन्दुबाट नेपाल फाइनान्स तथा गुडविल फाइनान्स ४१ प्रतिशतसम्म घटेका छन् । विगत एक महिनामा सबैभन्दा धेरै गुडविल फाइनान्सको मूल्य घटेको छ । सो कम्पनीको मूल्य ३५.६ प्रतिशत घटेको छ । नेपाल फाइनान्सको मूल्य एक महिनामा २६.६ प्रतिशत घटेको छ । गुडविलपछि मूल्य धेरै घटेका १० फाइनान्स कम्पनीमा क्रमशः स...
नेपालको अर्थतन्त्रले सुधारको प्रारम्भिक संकेत देखायोः आईएमएफ

नेपालको अर्थतन्त्रले सुधारको प्रारम्भिक संकेत देखायोः आईएमएफ

आर्थिक / ब्यापार, समाचार
८ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरु देखिएको बताएको छ । नेपालको अर्थतन्त्रको अवस्था र आईएमएफले सहयोग गरेको विस्तारित कर्जा सुविधा (ईसीएफ)को कार्यान्वयनका बारे छलफल गर्न सेप्टेम्बरको ११ देखि २२ सम्म नेपालमा बसेको आईएमएफ टोलीले यस्तो निस्कर्ष निकालेको हो । आईएमएफ प्रतिनिधिमण्डलको नेतृत्व गरेकी सार्वत जहाँले विज्ञप्ति जारी गर्दै पछिल्ला समयका तथ्यांकले आयात वृद्धि सकारात्मक बन्न थालेको, कर संकलनमा सुधार हुँदै गएको तथा सार्वजनिक लगानी बढ्न थालेकोले अर्थतन्त्रमा सुधारका प्रारम्भिक लक्षण देखिएको बताएकी हुन् । कर्जाको विस्तारमा सुधार हुँदै गए पनि अझै पनि यो नोमिनल आर्थिक वृद्धिभन्दा निकै तल रहेको आइएमएफले बताएको छ । वस्तुको मूल्यमा आएको कमी तथा कमजोर मागका कारण गत आर्थिक वर्षको अन्त्यमा मूल्यवृद्धि ३.६ प्रतिशत रहेको आइए...
सहजै रासायनिक मल ल्याउने वातावरण बनाइदिन भारतीय राजदूतलाई कृषिमन्त्रीको आग्रह

सहजै रासायनिक मल ल्याउने वातावरण बनाइदिन भारतीय राजदूतलाई कृषिमन्त्रीको आग्रह

आर्थिक / ब्यापार, समाचार
७ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री अधिकारीले नेपालमा सहजै रासायनिक मल ल्याउने वातावरण बनाइदिन राजदूत श्रीवास्तवसँग आग्रह गरेका छन् । ‘रासायनिक मल खरिदमा केही समस्या र चुनौतीहरू आएका छन् । त्यसलाई सरल, सहज र प्रभावकारी बनाउन भारत सरकारबाट आवश्यक पहल गरिदिनुपर्‍यो,’ राजदूत श्रीवास्तवसँग उनले भने । मन्त्रालयमा भएको भेटमा दुई अधिकारीले भारत सरकारको कृषि क्षेत्रमा थप सहयोग अपेक्षा राखेको बताए । नेपालका कृषिजन्य उत्पादनहरूलाई भारतीय बजारमा सहज पहुँच पुर्‍याउन सहजीकरणका लागि आग्रह गर्दै अधिकारीले भने, ‘यसले दुई देशबीचको आर्थिक सम्बन्ध र व्यापार प्रवर्द्धनलाई बलियो बनाउनेछ ।’ सीमा क्षेत्रमा पशुपन्छी रोग नियन्त्रणका लागि दुवै देशबीचको सहकार्यलाई निरन्तरता दिन आवश्यक रहेको उन...
सेयर बजारमा सबै सूचक घटे, नेप्से २५२९ अंकमा

सेयर बजारमा सबै सूचक घटे, नेप्से २५२९ अंकमा

आर्थिक / ब्यापार, समाचार
७ असोज, काठमाडौं । सोमबार सेयर बजारमा सबै सूचक घटेका छन् । नेप्से परिसूचक ५९ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २५२९ अंकमा कायम भएको छ । यस दिन कुल ५ अर्ब ६६ करोडको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ५ अर्ब ९ करोडको भएको थियो । १४ कम्पनीको मूल्य बढ्दा २२९ को घटेको छ भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.२७, विकास बैंक २.४६, फाइनान्स ५.५६, होटल तथा पर्यटन ३.३४, हाइड्रोपावर २.८९, लगानी २.७३, जीवन बीमा २.३५, उत्पादन १.८१, माइक्रोफाइनान्स २.५६, निर्जीवन बीमा २.६९, अन्य २.२२ तथा व्यापार समूह ३.९३ प्रतिशत घटे । हिमालयन हाइड्रोपावरको मूल्य ९.८ प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंकको ८.१, रावा इनर्जीको ५.३, नेपाल फाइनान्सको ५.१, मातृभूमि लघुवित्तको ५ प्रतिशत मूल्य बढ्यो । गुडविल फाइनान्स, समृद्धि फाइनान्स, इस्टर्न हाइड्रोप...
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम

आर्थिक / ब्यापार
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज मूल्य थप बढेर १ लाख ५९ हजार २०० रुपैयाँ हुँदै नयाँ कीर्तिमान कायम भएको हो । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै छापावाल सुन नै प्रति १० ग्राम १ लाख ३६ हजार ४९० रुपैयाँ कायम भएको छ । यसैबिच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ । @रातोपाटी...
भदौमा सेयर बजारबाट उठ्यो २ अर्ब ५७ करोड पूँजीगत लाभकर

भदौमा सेयर बजारबाट उठ्यो २ अर्ब ५७ करोड पूँजीगत लाभकर

आर्थिक / ब्यापार, समाचार
७ असोज, काठमाडौं । भदौमा सेयर बजारमा उच्च अंकको गिरावटका बाबजुत २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । समग्र बजार भदौ महिनामा मात्रै १४ प्रतिशत (४२० अंक) घटेको थियो । बजारमा आएको उच्च गिरावटका बाबजुत पूँजीगत लाभकर भने उल्लेख्य देखिन्छ । भदौमा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर ७३ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ भने व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकर १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ संकलन भएको सीडीएस एण्ड क्लियरिङले जनाएको छ । व्यक्तिगत लगानीकर्ताले सेयर खरिद गरेको १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् भने १ वर्षभन्दा बढी अवधि होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ५ प्रतिशत तिर्दै आएका छन् । त्यस्तै कर्पोरेट पूँजीगत लाभकर ३० करोड ४० लाख रुपैयाँ संकलन भएको छ भने स्टक डिलरको पूँजीगत लाभकर ३० लाख ३९ हजार रुपैयाँ सं...
बैंकिङले बढायो सेयर बजार, कारोबार घट्यो

बैंकिङले बढायो सेयर बजार, कारोबार घट्यो

आर्थिक / ब्यापार, समाचार
६ असोज, काठमाडौं । आइतबार बैंकिङ समूहको उच्च वृद्धिले सेयर बजार दोहोरो अंकमा बढेको छ । यस दिन नेप्से परिसूचक ११.५८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५८८ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही खुम्चिएको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९ करोडमा खुम्चियो । बजार खुलेपछि आक्रामक बढ्ने संकेत देखिए पनि निरन्तरता दिन सकेन । बजार खुलेको पाँच मिनेटमै नेप्से २६४२ अंकसम्म पुगेको थियो, जुन इन्ट्राडे कारोबारकै अधिक अंक रह्यो । दिउँसो २ : २७ बजे २५७० अंकसम्म झरेको थियो । त्यसपछि बजार केही सम्हालियो । १३८ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने १२ को स्थिर रह्यो । बैंकिङ सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो । बजार पूँजीकरणका आधारमा यो समूह सबैभन्दा शक्तिशाली रहेकाले यसले समग्र परिसूचकलाई बढी प्रभाव पार्दछ । विकास बैंक ०.६६, हाइड्रोपावर ०.३१, लगानी ०.६२, जीवन बीमा ...
सुन तोलामा १७ सय बढ्यो, मूल्य हालसम्मकै उच्च

सुन तोलामा १७ सय बढ्यो, मूल्य हालसम्मकै उच्च

आर्थिक / ब्यापार, समाचार
६ असोज, काठमाडौं । एक सातामै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि भदौ ३१ गते सुनको मूल्यले प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँको रेकर्ड बनाएको थियो । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी यस दिन १९२० रुपैयाँ कायम भएको छ । @अनलाइनखबर...